प्रदेश २ को प्रदेशसभामा आर्थिक वर्ष ०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार प्रदेश सरकारको तेश्रो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा प्रदेश सरकारले पर्सा देखी सप्तरी सम्मको २ सय ५० किलोमिटरसमको सडकलाई मधेशी शहिद राजमार्ग नामकाकरण गरेको छ । कार्यक्रममा एक शहीद परिवार, एक रोजगार योजना अन्र्तगत मधेश आन्दोलनमा शाहादत गरेका शहीद परिवारलाई रोजगार उपलब्ध गराइएको र यसलाई स्थायित्व प्रदान गरिने उल्लोख छ । मधेश आन्दोलनमा शहादत प्राप्त गरेका वीर शहिदहरुका सन्तानहरुको अध्ययनको अभिभारा समेत प्रदेश सरकारले लिने उल्लेख छ ।
मधेश आन्दोलनमा सख्त घाईते भई विकलाङ्ग भएका व्यक्तिहरुको सहयोगार्थ ती परिवारका वालवालिकाहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरिने नीति लिएको छ । प्रदेशभित्र भ्रष्टाचार नियन्त्रण गर्न तथा सेवा प्रवाह चुस्त, द्रुस्त बनाउन प्रदेश सुशासन आयोगको गठन गरी आयोगलाई प्रभावकारी बनाइने बताइएको छ । नीति तथा कार्यक्रममा सुनकोशी–कमला डाइभर्सन प्रोजेक्ट, सुनकोशी– मरिन डाइभर्सन प्रोजेक्टलाई अगाडि बढाउन संघीय सरकारसंग पहल गरिने जनाइएको छ ।
साना किसानहरुलाई आर्थिक अनुदानकालागि मुख्यमन्त्री किसान उत्था आयोजना संचालन गरिने कार्यक्रममा उल्लेख छ । यस्तै कृषि क्षेत्रको समग्र विकासको लागि “प्रदेश कृषि अनुसन्धान केन्द्र” को स्थापना गरिने बताइएको छ । सरकारले गजेन्द्र नारायण सिंह औद्यौगिक क्षेत्रलाई यविथत र आधुनिकीकरण गरी पुनः सञ्चालनमा ल्याईने निती लिएको छ । बेरोजगार युवालाई निःशुल्क प्राविधिक तालिम उपल्बध गराई आप्mनै व्यवसाय संचालन गर्न बैँक मार्फत २५ प्रतिशत अनुदान, २५ प्रतिशत युवाको आफनाे लगानी र ५ प्रतिशत सहुलियत दरमा ऋण उपलब्ध गराइने छ ।
जनता प्रत्यक्ष लाभान्वित हुने गरी प्रदेशको चौँसठी वटै निर्वाचन क्षेत्रमा “एक निर्वाचन क्षेत्र एक योजना” संचालन गरिने कार्यक्रम ल्याएको छ । हाम्रो मन, प्रदेशको वन प्रदेशकै बृहत बृक्षारोपण कार्यक्रम संचालन गरी वनको विस्तार गरिने कार्यक्रम सरकारले ल्याएको छ । आगामी बर्ष नीजि साझेदारी योजना अन्र्तगत देशको आठवटै जिल्लामा ३ सय मेगावाट सौर्य उर्जा प्लान्ट निर्माणको कार्य प्रारम्भ गरिने कार्यक्रममा उल्लेख छ । यस्तै खेलकुद तथा युवा सशक्तिकरणको अवधारणालाई प्रोत्साहन गर्ने गरी प्रादेशिक यवा तथा खेलकुद परिषद्को स्थापना गरिने सरकारले कार्यक्रम ल्याएको छ । विरगंज नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा निर्माण गरिनुका साथै जनकपुरमा नमाणाधीन रामजानकी अन्तर्राष्टिय रंगशाला निर्माणमा समेत प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताइएको छ ।
प्रदेश प्राविधिक विश्वविद्यालय पर्साको बिरगंजमा स्थापना गरी बिरगंजलाई मुलुककै आर्थिक राजधानीको रुपमा विकास गर्न बिरगंज विकास प्राधिकरण गठन गरी बिरगंजको एकिकृत विकासका लागि बिरगंज महानगरपालिकासंग सहकार्य गर्ने नीति प्रदेश सरकारले लिएको छ । गजेन्द्र नारायण सिंह औद्यौगिक क्षेत्रलाई व्यवस्थित र आधुनिकीकरण गरी पुनः सञ्चालनमा ल्याएर औधोगीक क्षेत्रमा उधोगहरु स्थापना गरी संचालनका लागि उद्योगीहरुलाई आकर्षीत गर्ने जनाइएको छ ।
प्रदेशको पर्यटकीय छवी विस्तार एवं बजारीकरण गर्न नीजि क्षेत्र समेतको संलग्नतामा प्रादेशिक पर्यटन बोर्डको स्थापना गरी पर्यटकलाई स्तरयुक्त सुचना तथा सेवा प्रदान गर्न हालै संचालनमा आएको बिरगंजस्थित एकीकृत चेक पोस्ट र जनकपुर जानकी मन्दिर क्षेत्रमा बहुआयामिक पर्यटन सेवा केन्द्र स्थापना गरिने योजना ल्याएको छ ।
यस्तै प्रदेशको नमूना अस्पतालको रुपमा जनकपुर अंचल अस्पताललाई विकास गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । यस्तै प्रदेश २ सरकारले प्राथमिक तहका दलित तथा मुस्लिम छात्रा विद्यार्थीकागि मासिक रु ५ सय रुपैँया दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख कायस्थले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नियमित कक्षा आगमन कार्यक्रम अन्तर्गत कक्षा १ देखि ८ सम्मका छात्रालाई प्रोत्साहकालागि पैसा उपलब्ध गराउने कार्यक्रम रहेको छ । सरकारले “बेटी पढाउ, बेटी बचाउ” अभियानको दायरालाई अझ फराकिलो बनाई छोरीहहरुको विद्यालय भर्ना, लोकसेवा कक्षाको तयारी, प्राविधिक शिक्षा अध्ययन गर्न चाहने छोरीहरुलाई पूर्ण छात्रवृति, साइकल वितरण, स्कूलको प्रत्येक विद्यालयमा सेनीटरीपैड वितरण जस्ता कार्यक्रमलाई अझ प्रभावकारी वनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।