प्रदेश २ सरकारले जेठ १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । बुधवार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज कुमार यादवले आर्थिक वर्ष ०७६/७७ का लागि १९ गते दिउँसो १ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिए । प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
यस्तै आजको बैठकमा दुगध विकास बोर्ड गठन समबन्धी बनेको विधेयक दफावार छलफलकालागि विशेष समिती पठाइएको हो ।भूमि व्यवस्थ कृषि तथा सहकारीमन्त्रालयको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सो विधेयक दफावार छलफलकालािग अध्ययन विशेष समितीमा पठाइयोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मीले स्वीकृत भएको हो ।