२०१७ सालमा राजा महेन्द्रले बीपी कोइरालाको जननिर्वाचित सरकारलाई हटाएर सबै नेतालाई जेल हाले। राजा महेन्द्रको त्यो कदमपछि संसदीय प्रणाली अन्त्य भयो। नेपाली कांग्रेसका संस्थापक नेता मेरो पिताजी महेन्द्रनारायण निधि त्यतिबेला संसदको उपसभामुख हुनुहुन्थ्यो। अरू नेतालाई जेल हाल्यो,उहाँलाई जेल हालेन।
त्यसपछि हामी जनकपुर गयौं। जनकपुरकै तुलसी गिरीमार्फत मेरो पिताजीलाई आफ्नो समर्थनमा ल्याउन सकिन्छ भन्ने राजा महेन्द्रलाई आशा थियो।
पिताजी र आमासँगै म पनि काठमाडौंबाट हवाईजहाज चढेर जनकपुर गएँ। त्यतिबेला म ५ वर्षको थिएँ। मेरो बुबाको खुुट्टा भाँचिएको थियो । हामीलाई लिन आउने गाडा एयरपोर्टमा पर्खिरहेको थियो। त्यति नै बेला मेरै अगाडि प्रहरीले समातेर बुुबालाई लग्यो। त्यो देखेर मेरो मनमा भयंकर प्रतिक्रिया भएको थियो। राति हाफ पाइन्ट लगाएर म नगराईनमा सुतेको थिएँ। सुत्दा जहिले पनि बुुबालाई प्रहरीले समातेको तस्बिर आउँथ्यो, राजाको सिपाहीले मेरो बुुबालाई किन समात्यो होला भनेर। उहाँ असल नेता हुनुहुन्थ्यो। उहाँको नेता बीपी झनै असल नेता। त्यतिबेला बीपीलगायत धेरै अंकल नेताहरूलाई प्रहरीले समातेको थियो । अरू पार्टीका नेताहरूलाई पनि समात्यो । त्यो राजाको बदमासी रहेछ।
अनि म हरेक राति निदाउनुअघि आँखा चिम्लेर के कल्पना गर्न थालें भने ‘जनकपुरको एयरपोर्ट जान्छु। त्यहाँको रूखमा लुकेर बस्छु (पहिलो त्याँहा रुख थियो)। जहाज त आकाशमा सानो देखिन्छ। जब तल ओर्लेपछि त्यसलाई टप्प हातमा टिपेर कट्टुको खल्तीमा राख्छु। त्यसपछि अर्को मोडतिर जान्छु। त्यही जहाजमा चढेर सोझै काठमाडांै गएर राजा महेन्द्रको नारायणहिटी दरबारमा जान्छु। राजाको टुप्पी समातेर हवाईजहाजबाट त्यो मोरो फटाहा राजालाई त्यहीं फालिदिन्छु।’ यस्तो असम्भव र काल्पनिक कुरा मेरो दिमागमा आयो।
१४ बर्षमा जेल
आज फर्केर जब सोच्छु, म कसरी राजनीतिमा नजानिँदो गरी प्रवेश गरें। अहिले मैले भन्ने गरेको राष्ट्रियता, लोकतन्त्र, समाजबाद, गणतन्त्र, संघीयता, समाबेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली तथा शान्ति र अहिंसा यी ९ कुराको मलाई त्यतिबेला ज्ञान थिएन। म ठूलो हुँदै गएँ। समकालीनहरूसँग सँगठन बनाउँदै अघि बढें। त्यसले मेरो दिमागमा आएको विद्रोहको भावनाले राजनीतिक जीवनमा डो¥यायो । त्यसपछि म भारतमा पढ्थें। म पढाइमा तेज थिएँ। मेरो पिताजी जेलमा हुनुहुन्थ्यो। ठूलो बुबाले ‘यसको बाबु जेलमा छ। काकाहरूले पढाउने काममा ध्यान दिएनन्’ भनेर मेरो हेडमास्टरको सिफारिसमा मलाई गाउँको पारिपट्टि उमगाउँको स्कुलमा साइन्स पढ्न पठाइयो। त्यो बेला भारतमा ८ कक्षादेखि मात्र साइन्स पढ्न पाइन्थ्यो।
हरेक बाबुआमाको चाहना छोरो डाक्टर, इन्जिनियर बनोस् भन्ने नै हुन्छ, राजनीतिमै लागोस् भनेर कमैले भन्छन्। त्यहाँ नेपाली कांग्रेसको एउटा क्याम्प थियो। त्यसको सम्पर्कमा आएँ म । त्यो बेला भारतमा पढ्ने नेपालीलाई नेपाली कांग्रेसले अखिल भारतीय नेपाली छात्र तथा युवा संघ खोलेको थियो। म त्यसमा आबद्ध भएर राजनीतिक गतिविधिमा लागें। त्याँहाबाट फर्केर जब जनकपुर आएँ। सरस्वती हाइस्कुलको कक्षा १० मा पढ्दा रामराजाप्रसाद सिंहको घटना भएको थियो। उहाँलाई गिरफ्तार गरेका कारण हामीले जुलुस निकाल्यौं। मलगायत अरू साथीहरूलाई प्रहरीले समात्यो। यो घटना हुँदा म १४ वर्षको थिएँ। हामीलाई समातेर जलेश्वर जेलमा राखियो। अरु नेताहरू पनि त्यहीं हुनुहुन्थ्यो।
यसरी हामी राजनीतिमा सक्रिय हुँदै गयौँ। अनि मेरो बारेमा कुरा हुन थालेछ– ‘महेन्द्रनारायण निधि नेता, निधिको छोरा पनि नेता भयो ।’ यस्तो कुरा सुनेर म दंग पर्थें। त्यसपछि रामेछापमा जेल बसें। सिन्धुलीगढी, मलंगवा जेलमा बसें। काठमाडौंंको नख्खु र केन्द्रीय कारागार पनि बसें।
त्यसक्रममा प्रहरी प्रशासनले मारिदेला कि भन्ने डर थियो।
एकपटक जनकपुरबाट समातेर सिन्धुलीगढी जेलमा पुु¥याएको थियो। हिँडेर जानुुपथ्र्यो, बाटो बनसिकेको थिएन। जेल सार्दा पुलिसहरूले जंगलको बाटोमा आपसमा ‘यति सानो छ, विचरा कसरी मार्ने होला’ भनेर कुरा गरेको मैले सुनेको थिएँ। तर्साउन हो कि साँच्चै होला भनेर मनमा एक किसिमको त्रास उत्पन्न भएको थियो। पछि मैले सुनें ‘तत्कालीन अञ्चलाधीशले जंगलको बाटो लैजाँदा भाग्न लाग्यो अनि ‘इन्काउन्टर’ मा मारियो भनेर मार्न आदेश दिएका थिए रे।’ पछि प्रहरीले नै भने ‘उनीहरूसँग भएको हतियारबाट गोली नै नचल्नेहरेछ।’ त्यसकारण उनीहरूले नमारी मलाई सिन्धुली जेलमा पुु¥याए।
आजको जस्तो खुला राजनीति थिएन त्यतिबेला। मेरो दिमागमा नेपालमा प्रजातन्त्र आउँछ, मन्त्री हुन्छु, उपप्रधानमन्त्री हुन्छु, कार्यवाहक प्रधानमन्त्री पनि बनौंला भनेर सोचेको थिइनँ। तर पनि अत्यन्त प्रतिबद्धता साथ नेपाली जनताका लागि, प्रजातान्त्रिक पद्धतिका लागि लड्नुपर्छ, संघर्ष गर्नुपर्छ भन्ने थियो। बन्दुक र हतियारको राजनीति गर्ने एउटा चरण थियो त्यो। हाम्रो घरमा पुरानो खाले एउटा बन्दुक थियो। त्यसले गाउँमा चरा मार्थें। त्योबाहेक हतियार चलाउन मलाई आउँदैनथ्यो। तर, मेरो बारे के बुुझाइ थियो भने महेन्द्रनारायणको छोरो संघर्ष गर्छ। बन्दुक चलाउन पनि जान्दछ। त्यतिबेला कांग्रेसले हतियारको राजनीति गरेको थियो। यद्यपि म त्यसमा संलग्न थिइनँ।
हातेबम ल्याएको त्यो दिन
एकदिन बनारसबाट बीपी र गिरिजाबाबुले दिएका ६ वटा हातेबम बोकेर टे«नबाट घर फर्कदै थिएँ। कस्तो दुुर्भाग्य भने हतियार बोकेर छल्दाछल्दा टे«नको जुुन ठाउँमा पुुगें त्यहाँ भारतीय सेना रहेछ। तर पनि उनीहरूको आँखा छलेर मैले जहाँ पु¥याउनुपर्ने थियो पु¥याएँ। मेरोे पिताजी भन्नुहुन्थ्यो, ‘तिमी राजनीति गर्नुु छ भने हातहतियारको राजनीतिभन्दा नेपालभित्रै बसेर गर्नू।’ उहाँ बीपीलाई पनि त्यसै भन्नुहुन्थ्यो।
त्यसपछि भारतबाट फर्केर जनकपुर आएर राजनीतिमा लागें। त्यतिबेला जनकपुरको आरआर क्याम्पसमा स्ववियुु चुनाव भयो। प्रतिबन्धित अवस्था थियो। मेरो सभापतिले चुनाव हारे। तर मलगायत नेविसंघको तर्फबाट उम्मेदवार भएका अधिकांशले जित्यौं। त्यसपछि शेरबहादुर देउवा अध्यक्ष हुँदा नेविसंघको समितिमा केन्द्रीय सदस्य भएँ। बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएका बेला म जेलमा परेको थिएँ। त्यसअघि राजनीति गरेका कारण भन्दै क्याम्पसले मलाई ४ वर्षका लागि ‘रेस्टिगेट’ गरेको थियो। त्यसपछि पाटन आएर पढें केही समय । फेरि जनकपुर फर्कनुुप¥यो मलाई।
२०३६ सालमा बीपी फर्केको कुरालाई लिएर बहुदल र निर्दलका पक्षमा मत माग्ने छुुट भयो दलहरूलाई। २०३७ सालमा जनमत संग्रह भयो। जसलाई बीपीको देनका रूपमा आज पनि लिइन्छ। बीपी राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नेपाल आइसकेपछि नेपालको राजनीतिमा प्रतिबन्धित भने पनि दलहरूका गतिविधि केही खुकुलो हुन थाल्यो। राजाको व्यवस्था नचाहेका दलहरूलाई यस्तो खुुकुलो नीतिका कारण जनतासँग सम्पर्क हुने मौका मिल्यो। यद्यपि जनमत संग्रहमा बहुदल पक्षको पराजय भयो। तर २०४६ को जनआन्दोलनबाट मुलुकमा पुनः प्रजातन्त्र स्थापना भयो।
अहिले मेरो राजनीतिलाई पछाडि फर्केर हेर्दा ५ वर्षको बच्चा कसरी यहाँ आएँ होला जस्तो लाग्छ। डाक्टर बन्छु, इन्जिनियर बन्छु, नेता बन्छु, नेविसंघको अध्यक्ष बन्छु, पार्टी उपसभापति बन्छु भनेर योजना बनाएर म राजनीतिमा लागेको पटक्कै होइन। तर मेरो पारिवारिक पृष्ठभूमि राजनीतिक थियो। मेरो हजुरबुबा राजेश्वर निधि राणा शासन विरोधी हुनुहुन्थ्यो। पिताजी त नेकाको संस्थापक नै हुनुुभयो। २००७ सालको क्रान्तिमा जुुन–जुन ठाउँमा सफल हुँदै गयो त्यहाँ सरकार बनाउने चलन थियो। पहिलो क्रान्तिकालीन सरकार जनकपुरमा बन्यो। त्यसको प्रधानमन्त्री मेरो पिताजी हुनुभयो।
भोलिका दिनमा पद पाउँछु, लाभ लिन्छु भनेर राजनीति गर्ने हाम्रो पालामा थिएन। अहिले पनि राजनीतिमा आउन चाहने हरेक व्यक्तिले निरपेक्ष भावले आफ्नो विचार र सिद्धान्तमा प्रतिबद्ध भएर समर्पित हुनुपर्छ। त्याग गर्न लगनशीलता देखाउनुपर्छ। त्यसो भए मात्र भविष्यमा नेतृत्व गर्न सकिन्छ।
राष्ट्रियता र लोकतन्त्र
बीपी कोइरालाले मलाई सिकाउनुभएका महत्वपूर्ण कुरामध्ये एउटा प्रमुख कुरा नेपालको राजनीतिलाई हेर्दा जहिले पनि राष्ट्रियता र लोकतन्त्रलाई जोडेर हेर्नुुपर्छ। उहाँ भन्नुुहुुन्थ्यो, ‘राष्ट्रियतालाई मात्र एजेन्डा बनाउनुभयो भने अधिनायकवादको पोल्टामा परिन्छ।’ किनकि राष्ट्रियतालाई अधिनायकवादीहरूले धेरैपटक प्रयोग गरेको पाइन्छ। दोस्रो कुरा, ‘लोकतन्त्रलाई मात्र केन्द्रित गरी अघि बढ्नुभयो भने विदेशीको पोल्टामा परिन्छ।’
त्यसकारण बीपीले भन्नुभएको राष्ट्रियता र लोकतन्त्रको अन्तरसम्बन्धलाई हामीले पहिले आफूू बुुझ्नुुपर्छ र अरूलाई पनि बुुझाउनुपर्छ। त्यसबाट मलाई पनि आफ्नो राजनीतिक भूमिका अघि बढाउन धेरै मद्दत पुुगेको छ। अर्को कुरा, यदि तपाईं नेता बन्न चाहनुुहुन्छ भने अथवा कुनै पार्टी पहिलो बन्न चाहन्छ भने सबैभन्दा पहिले ‘स्टेकहोल्डर’ को–को छन् त्यसको पहिचान गर्नुपर्छ।
बीपीले मलाई सिकाउनुभएको कुरा के हो भने नेपालमा ३ शक्ति छन् राजा, नेपाली कांग्रेस र कम्युनिस्ट। अनि बाह्य शक्तिमा छिमेकी भारत र चीन तथा रुस र अमेरिका । उहाँ भन्नुहुन्थ्यो, ‘नेपालमा यिनीहरूमध्ये कसको के चाहना छ त्यो कुरा पत्ता लगाउनुपर्छ।’
बीपी भन्नुहुन्थ्यो ‘यस्तो बेलामा तिमी यदि सफल हुनुु छ अथवा पहिलो शक्ति हुनु छ भने सुुरुमै एक नम्बर होइन, सबैको दोस्रो रोजाइ बन्ने प्रयास गर। किनकि सबै शक्तिले मन पराएन भने तिमी सफल हुन सक्दैनौं त्यसकारण कसरी यी सबै शक्तिको दोस्रो रोजाइमा पर्न सक्छु भनेर काम गर्नुपर्छ। किनभने सबै आफू पहिलो शक्ति हुन चाहन्छ। ’
अरूको दोस्रो हुने रोजाइ भएको दिन पहिलो हुन र नेतृत्व गर्न सकिन्छ। त्यसपछि पार्टी, समाज र सिँगो देशको नेता बन्न सकिन्छ।
(डेसिन इस्टिच्युुट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को दलीय सहकार्य संयन्त्रद्धारा हालै धुलिखेलमा युवा नेतृत्व विकास बिषयमा संचालित प्रशिक्षण कार्यक्रममा मुख्यवक्ता कांग्रेस उपसभापति निधिको संघर्षको कथाको संपादित अंश)