Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Thursday, September 28, 2023 | बिहीबार, असोज ११, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
विचार
  • गृहपृष्ठ
  • विचार
निर्वाचनमा यसरी आउँछ कांग्रेसको बहुमत
विमलेन्द्र निधि
विमलेन्द्र निधि काठमाडौं, ३० असार
निर्वाचनमा यसरी आउँछ कांग्रेसको बहुमत
null

सबैभन्दा पहिला पार्टी सभापति शेरबहादुरजीलाई सरकारको नेतृत्व गरेको एक बर्ष पूरा भएकोमा बधाई दिन चाहन्छु । र आगामी संसद र प्रदेशसभाको निर्वाचनको बेलासम्म सरकारको नेतृत्व गरिरहने कुरामा सफलता पाउनु होस् भन्ने शुभकामना पनि दिन चाहन्छु । नेपालमा लोकतन्त्रका लागि, नेपाली कांग्रेसका लागि पनि आफ्नो नेतृत्वमा सरकार रहनु स्वभाबिक पनि हो, आवश्यकता पनि हो । त्यसका लागि मेरो र हामी सबैको सहयोग रहनु पर्दछ भन्ने कुरा पनि व्यक्त गर्न चाहन्छु ।

स्थानीय तहको चुनाव गराउनु भयो त्यो पनि एकै दिनमा । हाम्रो जस्तो भौगोलिक अबस्थाका कारण चरणबद्ध गराउनु पर्छ कि अथवा एकै चरणमा संभव होला कि नहोला भन्ने धेरै आशंका भइरहेका बेला एकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न हुनु आफैंमा धेरै ठूलो उपलब्धी हो । संविधानको कार्यान्वयनको सबालमा हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको प्रारम्भिक सफलताका लागि पनि यो एउटा प्रमाणको रुपमा रहेको म ठान्दछु । आगामी निर्वाचन पनि एकै चरणमा भयो भने राम्रो होला । मंसिर २ गतेका लागि निर्वाचन आयोगले सिफारिस गरेको भनेर सुनेका छौं । निर्धारित समयमा संसदको र प्रदेशको निर्बाचन पनि कांग्रेसकै नेतृत्वमा सफलतापूर्बक सम्पन्न होस् । त्यसमा मेरो सहयोग हुन्छ नै, साथै अरु सबै साथीहरुको सहयोग रहोस् भन्ने म अनुरोध गर्दछु ।

सभापतिजी, यसका अलाबा जारी केन्द्रीय कार्य समितिको बैठकमा जति पनि प्रस्ताबहरु आएका छन्, प्रतिबेदनहरु आएका छन् त्यसको म समर्थन गर्दछु । पछि केन्द्रीय कार्य समितिको बैठकको अन्त्यमा यसलाई जुन रुपमा पारित गरिन्छ त्यसमा मेरो समर्थन रहनेछ भनेर प्रारम्भमै भन्न चाहन्छु ।

सभापतिजी, गत स्थानीय तहको निर्वाचनको २९ पृष्ठको प्रतिवेदन रहेछ । मैले त्यसलाई लाइन बाई लाइन पढेको छु र केही कुरा अण्डरलाईन गरेको छु । निर्वाचन परिचालन समितिका तर्फबाट जसले प्रतिवेदन प्रस्तुत गर्नु भएको छ उहाँको टिमको म प्रशंसा गर्न चाहन्छु । धेरै राम्रो प्रतिबेदन तयार गर्नु भएको छ । र यो प्रतिवेदनमा तथ्यांकलाई आधार बनाइएको छ । बिश्लेषण गर्नका लागि त्यो आफैंमा राम्रो कुरा हो । सानै उमेरमा भए पनि पार्टीको धेरै दस्ताबेजहरु पढ्ने अवसर पाएको थिएँ ।

गठबन्धन सरकारका लागि चाहिन्छ । आगामी निर्वाचनमा राम्ररी तालमेल होस् भन्ने म चाहन्छु । चुनाव जित्नका लागि तालमेल आबश्यक छ । थप के कुरा भन्न चाहन्छु भने पहिलो पार्टी भनेर यो प्रतिबेदनमा आएको छ । यो प्रमाण नै हो । यसमा खुसी व्यक्त गर्दछु । यो हाम्रो उपलब्धी हो । जसरी पहिलो पार्टी बनाउछु भन्नु भएको थियो, पहिलो पार्टी बनेको छ । अब आगामी चुनाबमा पहिलो पार्टी बनाउने उद्धेश्यमा मात्र सीमित नहोऔं । आगामी चुुनावमा बहुमत ल्याउने पार्टी बनाऔं भन्ने उद्धेश्य निर्धारण गरौं भन्ने मेरो आग्रह हो । त्यसका लागि कसरी चुनाबी तालमेल गर्नुपर्दछ त्यो चुनावी तालमेल गरौं । अर्को कुरा टिकट बितरण यस्तो नहोस् कि नेपाली कांग्रेसकै साथीहरु स्वतन्त्र रुपमा लड्न बाध्य होस् अथवा नेपाली कांग्रेसभन्दा बाहिरका राजनीतिक क्षेत्रमा नलागेकाहरु पनि ए स्वतन्त्र रुपमा लड्दा राम्रो पो हुँदो रहेछ भन्ने हौसने भयो भने त्यो पनि दलीय प्रणाली र लोकतान्त्रिक प्रणालीका लागि राम्रो हुदैन । त्यसकारण यी दुबै कुरालाई आगामी निर्वाचनमा टिकट बितरणको सम्बन्धमा कसरी हेर्ने हो बिचार गर्नुपर्दछ भन्ने मलाई लाग्छ ।

प्रतिवेदनले सबै बिषय छोएको छ । स्वतन्त्र उम्मेद्वारहरु पनि जितेका छन् गत स्थानीय तह चुनावमा । वडा तहको सदस्यमा, अध्यक्षमा, मेयर, उपमेयरमा पनि । त्यसबारे प्रतिवेदनमा चर्चा गरिएको छैन । उपशीर्षकमा त्यसबारे पनि नोटिसमा लिनु पर्दछ । कतिपय कांग्रेसबाट टिकट नपाएर पनि जितेका छन् । जनकपुर उपमहानगरपालिकामा मनोज साह, बर्दिवास नगरपालिकामा प्रल्हाद क्षेत्री । उहाँहरु नेपाली कांग्रेसकै साथीहरु हुनुहुन्छ । तर स्वतन्त्र भएर जित्नु भएको छ । हाम्रै केन्द्रीय समितिमा पहिला हुनुहुन्थ्यो, अतहर कमाल मुसलमान कपिलवस्तुबाट स्वतन्त्र जित्नु भएको । पछि हामीले नेपाली कांग्रेसमा ल्यायौं र सम्मानपूर्बक केन्द्रीय सदस्य बनाएका थियौं । त्यसकारण लोकतान्त्रिक जीवन र दलीय प्रणालीका लागि यस्ता कुरामा कांग्रेस उदार हुनुपर्छ । र देशभरीमा आगामी निर्वाचनमा जित्नका लागि पनि अर्को पार्टीबाट जितेकोलाई त नेपाली कांग्रेसमा आउन आहवन गर्छौं भने स्वतन्त्र भएर जितेको पार्टीकै साथीहरु छन् भने कांग्रेसको पूर्बबत अबस्थामा राख्ने नीति अबलम्बन गर्नुपर्दछ भनेर राख्न चाहन्छु ।

सभापतिजी, यसका अलाबा नेपालको अर्थतन्त्र, नेपालको राजनीतिक अबस्था, भूराजनीतिक अबस्था र अन्तर्राष्टिय राजनीतिक घटनाक्रमहरु जसरी विकसित हुदैछ नेपाली कांग्रेस एउटा जिम्मेवार पार्टी भएकोले नेपालको सन्दर्भमा अगुवाई गर्ने पार्टी भएकोले नेपालको अर्थतन्त्रको बारेमा रुस र युक्रेन, श्रीलंकाको अवस्था, पाकिस्तान र बंगलादेशको अबस्था र हाम्रो आफ्नै देशको अबस्था हेर्दा अर्थमन्त्रालयको घटनाक्रम होस् या राष्ट बैंक होस् या राजश्व अनुसन्धान या ब्यापारिक कुरा होस्, अन्तर्राष्टिय व्यापार घाटाको अबस्था होस् । अर्थतन्त्रका बारेमा कांग्रेसले समग्रमा एउटा कार्यदल बनाएर ठोस नीति लिनु पर्दछ भन्ने म आग्रह गर्दछु । अन्तर्राष्टिय सम्बन्धका बारेमा भारतसँग हाम्रो बिशेष सम्बन्ध छ। चीनसँग हाम्रो मैत्रीपूर्ण सम्बन्ध छ । अमेरिका र संयुक्त राष्टसंघ, युक्रेन र म्यानमारको कुरा पनि छ । सार्कलाई हामीले बिर्सन थालेका छौं । यस्ता बिषयबारे पनि कांग्रेसले अन्तर्राष्टिय सम्बन्ध र बिदेश नीतिका बारेमा कस्तो नीति अपनाउने हो त्यसका लागि एउटा ठोस कार्यदल बनाएर अघि बढ्नु पर्दछ ।

सभापतिजी, कांग्रेसको १४ औं महाधिवशेनका बेला हामीले नीति अधिबेश गर्छौ भनेर भनेका थियौं । त्यसकारण नीति अधिवेशन धेरै टिकाटिप्पणीका बिषय भएको छ । नीति अधिबेशन समयमै गर्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली राम्रो प्रणाली हो । प्रजातान्त्रिक प्रणाली हो । यसका बारेमा हाम्रै पार्टीको केन्द्रीय समितिमा टिकाटिप्पणी भएका छन् । यो लोकतन्त्रका लागि, नेपाली कांग्रेसका लागि, राजनीतिक स्थायित्वका लागि कति स्वस्थ वातावरण हो त्यसको नेपाली कांग्रेसले नै सम्बोधन गर्नुपर्दछ ।

संघीयताका बारेमा, संसदीय लोकतन्त्रका बारेमा, मानव अधिकारका बारेमा अरु पार्टीहरुले जनतालाई प्रशिक्षित गर्दैनन् । त्यो काम नेपाली कांग्रेसकै काँधमा छ । त्यसकारण यसका लागि पनि कांग्रेस जिम्मेवार पार्टी भएर अगाडि बढ्नु पर्दछ भन्ने मलाई लाग्दछ । संविधानका धेरै धाराहरु यस्ता छन् जुन धाराहरु कार्यान्वयन भएका छैनन् । संविधानको धाराले अंगालेको, अन्तर्निहित गरेको प्रदेशको अधिकारहरु अनुसूचीमा छ, प्रदेश र स्थानीय तहको अधिकार । त्यस अनुकुलका धेरै कानुन बनाउन बाँकी छ । त्यतिमात्र होइन, भर्खरै केही कानुनहरु बनेको छ जो संविधान र संघीयताको मर्म बिपरित छ भनेर बहस चलिरहेको छ। यस्ता कुरामा नेपाली कांग्रेसले नै अगुवाई गर्नुपर्दछ ।

अब आगामी चुनावका लागि अरुसँग त तालमेल गर्ने गर्ने, नेपाली कांग्रेसभित्र पनि । सभापतिजी १४ औं महाधिवेशनमा तपाईको खिलापमा म पनि उम्मेदवार भएको थिएँ । शेखरजी र प्रकाशमानजी लड्नु भयो । रामचन्द्रजी, कृष्ण सिटौलाजी र शशांकजी लड्नु भएन । तर नेपाली कांग्रेसको आन्तरिक जीवनलाई पावर सेन्टरहरु, सेटलाईट सेन्टरहरुको कुरा गर्ने हो भने आँखा चिम्लेर त्यो हुदै होइन भनेर रेगिस्तानको सुतुर्मुर्गको नीति अबलम्बन गरेर हुदैन । यो बास्तविकतालाई स्वीकार्नु पर्दछ । र आपसी तालमेल गठबन्धमा तालमेल मात्र होइन, पार्टीभित्रको शक्तिकेन्द्रहरुलाई पनि आपसमा कसरी मेलमिलाप गर्ने, कसरी एकताबद्ध गर्ने, पूर्ण रुपमा सकिएन भने अधिकतम कसरी गर्ने भनेर प्रयास गर्नुपर्छ । र यो जिम्मेवारी तपाईको हो सभापतिजी ।

तपाई १४ औं महाधिबेशनबाट निर्वाचित हुनु भएको छ । तपाईको यो काममा म सहयोग गर्छु नै । सबै केन्द्रीय समितिका सदस्यहरु, सबै शक्तिकेन्द्रहरु, सबै नेता उपनेताहरुलाई पनि त्यसरी एउटा आन्तरिक जीवनमा पनि कसरी हामीले एकताबद्ध भएर अघि बढ्ने भन्नेतिर गम्भीर हुन अग्रह गर्दछु । एकताबद्ध हुनुको अर्थ एउटै गीत गाउनु पर्छ भन्ने छैन । फरक गीत गाउँदैमा चिन्ता गर्नुपर्ने पनि छैन । फरक बोली, फरक टिप्पणी हुन्छ पनि । घरमा त हुन्छ भने दलमा नहुने भन्ने कुरा छैन ।
अन्त्यमा , सभापतिजी
म जेलमा हुँदा एक पटक कार्टरले लोकतन्त्र कुनै पनि देशको आन्तरिक मामला हुन सक्दैन भनेको सुन्दा मैले ताली बजाएको थिएँ । मलाई याद छ, त्यतिबेला बिपी प्रबासमा हुनुहुन्थ्यो । कुनै पनि देशमा प्रजातन्त्र पुनस्र्थापनका लागि आन्दोलन हुन्छ भने अन्तर्राष्टिय शक्तिकेन्द्रहरुले साथ दिन्छन् भनेर हामीले खुसी व्यक्त गरेका थियौं । त्यो किन भने प्रजातन्त्र एउटा सर्वमान्य सिद्धान्त हो । म यसकारण कुरा गर्न चाहन्छु कि सिद्धान्त बिना न आन्तरिक राजनीति हुन सक्छ, न अन्तर्राष्टिय राजनीति । त्यसकारण सिद्धान्त सबै बेला चाहिन्छ । चाहे विकासका लागि होस् , राज्य स्थायित्वका लागि होस् । कसैले होइन सिद्धान्तको राजनीति गर्ने बेला भएको छैन, अब अहिले त्यो घण्टी सकियो भन्ने हो भने दलीय राजनीतिको सन्दर्भमा प्रश्न चिन्ह लाग्छ ।

त्यसकारण सभापतिजी म के भन्न चाहन्छु भने सिद्धान्त र व्यबहारिक राजनीति दुबैलाई सँगसँगै लिएर जानु पर्दछ भनेर बिपीले पनि भन्नु भएको थियो । यी दुबैलाई सँगै लिएर जाने काम नेपालको राजनीतिक क्षितिजमा नेपाली कांग्रेसकै हो । किनकि नेपालमा कांग्रेस नै एकमात्र प्रजातान्त्रिक पार्टी हो। त्यसकारण कसैले पनि सिद्धान्तको राजनीति गर्ने बेला होइन यो भनेर भन्नु हुदैन। यस्ता कुराहरुमा कांग्रेस गम्भीर हुनु पर्दछ । त्यसकारण पनि नीति अधिबेशन तत्काल आबश्यक छ ।

बिभागहरु गठन गर्नुपर्ने, संसदीय समितिहरु गठन गर्नुपर्ने, भातृ तथा शुभेच्छुक संस्थाहरु गठन गर्नुपर्नेछ । यो गठनमा अब ढिलाई नगरौं । छिटो भन्दा छिटो बिभाग र समितिहरु गठन गरौं । पार्टीका साँगठनिक संरचनाहरुलाई अस्तित्वमा ल्याएर त्यसलाई क्रियाशील बनाऔं र आगामी निर्वाचनलाई केन्द्रित गरेर काम गर्ने हो भने आगामी निर्वाचनमा नेपाली कांग्रेस बहुमतको पार्टी बन्छ । नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार बनोस् । त्यसका लागि नै हाम्रो संपूर्ण नीति, कार्यनीति र दिशा निर्धारण गर्नुपर्दछ । त्यसमा मेरो सहयोग तपाईलाई रहन्छ । धन्यवाद । जय नेपाल
(कांग्रेस केन्द्रीय समितिको बिहिबारको बैठकमा निधिद्धारा व्यक्त बिचार)

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९, १२:२७:००
विमलेन्द्र निधि
विमलेन्द्र निधि @BimalendraNidhi पूर्वउपप्रधान एवं गृहमन्त्री निधि नेपाली कांग्रेसका उपसभापति हुन्।
लेखकबाट थप
  • कांग्रेस सभापति पदमा मेरो उम्मेदवारी किन? 
  • १४ औं महाधिवेशनः आगामी राष्ट्रिय चुनावसँग जोडेर हेर्नुपर्छ
  • ‘मलाई मार्न खोज्ने पुलिसको बन्दुक नै बिग्रेको रहेछ’
  • असफल सरकारका निराशाजनक उपलब्धी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
गणतन्त्रको वास्तविक अर्थ बुझौं 
गणतन्त्रको वास्तविक अर्थ बुझौं 
दिस इज रेप अफ माई क्यारेक्टर
दिस इज रेप अफ माई क्यारेक्टर
 विश्वसनीय पत्रकारिताको सङ्कल्प
 विश्वसनीय पत्रकारिताको सङ्कल्प
राजनीतिक परिवर्तन र जनताका आकाङ्क्षा
राजनीतिक परिवर्तन र जनताका आकाङ्क्षा
कांग्रेस बैठकमा डा.शेखर कोइरालाका १२ आपत्ति
कांग्रेस बैठकमा डा.शेखर कोइरालाका १२ आपत्ति
नाम अर्थमन्त्रीको, काम माफियाको
नाम अर्थमन्त्रीको, काम माफियाको
  • ताजा समाचार
  • ट्रेण्डिङ
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात 1
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित 2
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ 3
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
पद्मकन्या बहुमुखी क्याम्पसले मनायो ७३औँ वार्षिकोत्सव 4
पद्मकन्या बहुमुखी क्याम्पसले मनायो ७३औँ वार्षिकोत्सव
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह 5
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP