पछिल्लो समय मोडल अञ्जली अधिकारी चर्चामा छिन् । फेसबुकमा पनि उनी निकै सक्रिय छिन् । उनले फेसबुकमा आफ्ना सेक्सी तस्बिरहरु बेला-बेला अपलोड गरिरहेकी हुन्छिन् ।
बर्दियाकी अञ्जली अभिनयसँगै नाच्नमा पनि उत्तिकै पोख्त छिन् । प्रकाश सपुतको 'गलबन्दी' गीतलाई दर्शकले रुचाएसँगै उनको चर्चा पनि चुलिएको छ । उक्त गीतमा लजालु देखिने अञ्जलीले अहिले गीत संगीत, चलचित्र नगरी चौतर्फी वाहवाही बटुलिरहेकी छन् ।
योसँगै सन्तोष सेनले निर्माण गर्न लागेको चलचित्र प्रेमगीत ३ का लागि अडिसनमा सहभागी भएसँगै उनको चर्चा थप चुलिएको छ । प्रेमगीत ३ को अडिसनमा उनीसहित अन्य केही नाम चलेका मोडल तथा अभिनेत्रीहरुसमेत सहभागी छन् । अडिसनबाट छनोट हुने अभिनेत्रीले चलचित्रमा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछन् ।
हेर्नुहोस मोडल तथा अभिनेत्री अञ्जली अधिकारीका केही सेक्सी तस्बिर ।