इस्लाम धर्मावलम्बीले आज इद उल फित्र हर्सोल्लास रूपमा मनाइरहेका छन् । सरकारले इस्लाम समुदायको पर्व इदको अवसरमा बुधबार सार्वजनिक बिदासमेत दिएको छ। इद उल फित्र मनाउँदै गर्दा उनीहरुले नेपाली राष्ट्रियता झल्कने ढाका टाेपी लगाएर धार्मिक सहिष्णुताको सन्देश दिएका छन्।
नेपालको संबिधान अनुसार इदमात्र नभई बकर इद र मोहम्मद जयन्तीमा पनि सार्बजनिक बिदा दिने बिषय राजपत्रमा प्रकाशित गरेर सुनिश्चित गर्न नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तारले सरकारको ध्यानाकर्षण गराएका छन्।