सिरहाको लहान नगरपालिका–७ स्थित शिव चोकमा बिहीवार साँझ एक युवकलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ ।
क्रिकेट खेल्ने क्रममा पुरानो रिसिविको कारण बादबिवाद हुँदा जनकपुर उपमहानगरपालिका २१ घर भई हाल सिरहा लहान नगरपालिका–८ मा डेरा लिएर बस्दै आएका २१ बर्षीय राजु कुमार साहलाई छुरा प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका–८ का २० बर्षीय राजवावु पासवान र सोही स्थानका १९ बर्षीय दिपेश यादव रहेका छन् ।
राजुलाई छुरा प्रहार गरी घाईते बनाएको अभियोगमा पासवान र यादवलाई नालामा फालिएको छुरा सहित ईलाका प्रहरी कार्यालय लहान, सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
छुरा प्रहारबाट घाईते भएका राजु कुमारको राउ स्मारक अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।