३ नं प्रदेश सभाका प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले हेटौँडामा जारी मकवानपुर गोल्डकप घरेलु टिमले जितेमा एकलाख रुपियाँ दिने घोषणा गरेका छन् ।
फाइनलमा प्रवेश गरेको घरेलु फुटबल टिम मकवानपुर–११ का खेलाडीहरुलाई उनले शुक्रबार १ लाख २५ हजार रुपियाँ हस्तान्तरण गर्दै यस्तो घोषणा गरेका हुन् । उनले घरेलु टिम फाइनलमा प्रबेश गरेको खुसीयालीमा हरेक खेलाडीलाई जनही हरेक खेलाडीलाई ५ हजार रुपियाँका दरले रकम हस्तान्तरण गरेका हुन् । बानियाँले फाइनल खेल जितेमा थप १ लाख रकम दिने घोषणा गरेका छन् ।
पूर्व गृहराज्यमन्त्री समेत रहेको बानियाँले खेल क्षेत्रमा लागेकाहरुलाई निराश नबनाउनका लागि आफूले सदैव काम गरिरहेको बताए । रकम हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, सदस्य सचिव राजन दहाल खुसराज लगायत सहभागी थिए ।
हेटौँडामा जारी दोस्रो संस्करणको भूगर्भ सिमेन्ट स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उपाधिका लागि क्यामरुनी क्लब दाफिन्स र आयोजकको मकवानपुर–११ शनिबार दिउँसो भिड्दैछन् ।