मकवानपुर प्रहरीले ठूलो परिमाणको गाँजा र चरेशसहित दुईजनालाई पक्राउ गरेको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने कैलाश गाउँपालिकाको विकट क्षेत्रमा रहेको बोल्ने लेकबाट लागूऔषध गाँजा चरेश र त्यसको कारोबारमा संलग्न व्यक्तिहरु पक्राउ गरी सार्बजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका वडा नं १ का ४३ बर्षीय मेवा भनिने चन्द्रबहादुर घलान र धादिङको गजुरी गाउँपालिका ८ किरान्चोक तीनघरेका ३६ बर्षीया पशुपति भनिने जीवन तामाङ रहेका छन् ।
उनीहरुको साथबाट २६७ पोकामा प्याक गरिएको २७३ किलोग्राम चरेश र पाँचवटा बोरामा चरेश बनाउन तयारी गरिएको गाँजा फेला परेको हो ।
३ नं प्रदेश प्रहरी कार्यालयले दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झासमेतको टोलीले लागूऔषध र त्यसको ओसारपसार एबम् कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर पत्रकार सम्मेलन गरी जनाएको छ । यसमा संलग्न रहेका अन्य व्यक्तिहरुका बारेमा समेत अनुसन्धान भइरहेको जनाइएको छ ।