पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नं ४ पाँचपाण्डव भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा जनाको ज्यान गएको छ ।
शनिबार साँझ ५ः५० बजे भएको दुर्घटनामा अरु केही गम्भीर घाइते भएको स्थानीयबासिन्दाले बताएका छन् । मृत्यु हुनेमा सिन्धुली जिल्ला हरिहरपुर गाउँपालिकाका हेम श्रेष्ठ रहेको बुझिएको छ । अन्य दुईजनाको सनाखत भएको छैन ।
ना ६ त मा ४४२ नं को ट्रयाक्टर सिमेन्ट बोकेर सिन्धुलीतर्फ जाने क्रममा दुर्घटना भएको बताइएको छ । अहिले इलाका प्रहरी कार्यालय फापरबारीको टोली घटनास्थल पुगी घाइतेहरुलाई हेटौँडा ल्याइरहेको बताइएको छ ।