राष्ट्रिय जनावर गाईलाई मारेर मासु बितरणको क्रममा रहेका बेला ३ जनालाई मकवानपुरको बकैयाँ गाउँपालिका वडा नं १२ निगालेबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निगालेकै कृष्णबहादुर गोले, बिजय न्यासुर र बकैया गाउँपालिका ११ का सुवास टुप्पा रहेका छन् ।
इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले मासु काट्दै गरेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता एबम् प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए ।