काभ्रेपलान्चोक घर भई कुवेतमा कार्यरत ३२ बर्षीय बिष्णुबहादुर तामाङको कुवेतमा मृत्यु भएको छ। उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा सेप्टेम्बर गत शनिबार उनको मृत्यु भएको हो।
पारिबारिक स्रोतका अनुसार बिष्णु बहादुरलाई १५ दिनअघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको र १२ दिनको उपचारपछि फर्काइएको भए पनि पुनः सोही अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।
नेपाली राजदूतावास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं. ०६६८५९९१ का तामाङको मृत्युबारे प्रारम्भिक जानकारी राजदूतावासमा आएको बताए। उनले भने “बिष्णु नोभेम्बर, २०१९ मा कुवेतको आर्मर स्टेट गार्ड कम्पनीमा सेक्युरिटी गार्डको रुपमा आएको देखिन्छ । उहाँको मृत्युको पूर्ण विवरण आउन बाँकी भए पनि कम्पनी र परिवारसँग समन्वय गरेर दूतावासले कानुनी प्रकृया शुरु गरिसकेको जनाएको छ।
वैदेशिक रोजगारीको क्रममा कुवेत आएको १ वर्ष पनि नपुग्दै ज्यान गुमाएका विष्णुको घरमा बुबा, दिदी, श्रीमती र २ वर्षकी छोरी छन्।