कुवेतमा मृत्यु भएकी झापाकी सुमित्रा जबेगु लिम्बुको परिवारलाई सम्पर्कमा आउन कुवेतस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ। घरेलु कामदारको रुपमा २०१३ मा काम गर्न आएकी झापाकी ४१ वर्षीया सुमित्राको गत मे २८ तारिखमा मृत्यु भएको थियो।
विरामी भएपछि उपचारका लागि अस्पातालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको दूतावासले जनाएको छ। उनको शव अहिले अस्पतालमै रहेको र कोही पनि आफन्त सम्पर्कमा आएका छैनन्। जसले गर्दा शव नेपाल पठाउन अप्ठेरो परेको दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले जानकारी दिए।
मृतक जबेगुले पाँचथर जिल्लाबाट सन २०१३ फेब्रोवरी २७ तारिखमा जारी गरिएको राहदानी नं (०३६४६६७४ को मृतकको राहदानीमा उनको भाइको नाम नैना लिम्बु उल्लेख गरिएको छ। स्थायी ठेगाना महाभारा–३ झापा जनाइएको छ।नेपाली नागरिकता नं (०४०१-६९-१०४२० रहेको छ।
नेपाली राजदुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले भने ‘मृतक सुमित्राको शबलाई नेपाल पठाउने सम्पर्ण कानुनी प्रकृया पूरा भई सकेको र उनको परिवार वा आफन्तजन कोहीसँग पनि सम्पर्क हुन नसक्दा उनको शबलाई नेपाल पठाइउन सकिएको छैन।’
उनलाई चिन्नेले नेपाली दूतावास कुवेतको हटलाइन नं ००६५ ९८८६९१२१ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।