कुवेतको प्रतिष्ठित कम्पनी केजिएल(KGL) मा कार्यरत २ जना नेपाली कामदारकाे दुर्घटनामा मृत्यु भएकाे छ।
काभ्रेका गोकर्ण घिमिरे तथा दाङका शेर बहादुर मल्लको बुधबार बिहान काम सकेर कोठामा फर्किने क्रममा सडक दुर्घटनामा परि मृत्यु भएको हाे।
उक्त कम्पनीमा कार्यरत मृतकहरुका साथी मोहन पौडेलका अनुसार काम सकेर कुवेतको फहहिलबाट बस्ने ठाउँ फर्वानिया फर्किने क्रममा रोड नं-५१ मा उनीहरु चढेको सबारी साधनको चक्का पड्किएर ईमर्जेन्सी लेनमा पुगेकाे थियाे। उक्त लेनबाट बाहिर निस्कने क्रममा ठूलो गाडिले ठक्कर दिएकाे थियाे।
काभ्रेका गोकर्ण घिमिरेको घटनास्थलमै र दाङका शेरबहादुर मल्लको फर्वानिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उक्त दुर्घटनामा सामान्य घाइते भएका भिमबहादुर तामाङलाइ अस्पताल पुर्याइएकोमा उनलाइ अस्पतालले डिस्चार्ज गरि सकेको छ। दुर्घटनाका समयमा अर्को साइडबाट हामफालेका जंगिलाल चौधरी भने सकुशल रहेका छन्।
सन २०११ देखि कुवेतमा कार्यरत दुबै जना मृतकहरु उक्त कम्पनीमा सबारी चालकका रुपमा कार्यरत थिए। नेपाली दुताबास कुवेतकी द्वितिय सचिब जानकी ओझाले भनिन 'शब पठाउने तथा दुर्घटना बिमा लगाएत अन्य कानुनी प्रकृयाको लागि दुताबासले विहीबारदेखिनै काम शुरु गर्ने छ।'