बुटवलको ट्राफिक चोकमा ट्रकले साइकललाई ठक्कर दिँदा एक जनाकाे घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
लु २ ख ६८४ नम्बरको ट्रकले आज दिउँसो करिब १स्१५ बजेको समयमा साइकललाई ठक्कर दिँदा साइकलमा सवार पाल्पाको रैनादेबी छहरा गाउँपालिका ६ घर भएका अन्दाजी वर्ष २५ का पुरन बहादुर रासकोटीको मृत्यु भएको छ ।
सोही स्थानका वर्ष ३६ का थम्मन बहादुर रासकोटी घाइते भएका छन् । उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैइरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु बुटवलमा बसेर घर बनाउने काम गर्दै आएका थिए ।