रुपन्देहीको ओमसतिया गाँउपालिका ४ बालापुरमा छोराले धारिलो हतियार प्रयोग गरि बुवाआमाको हत्या गरेका छन् । अन्य चार जना घाईत छन् ।
मृत्यु हुनेमा ७२ वर्षिय बुवा रामनारायण यादव, आमा ७० वर्षकी थगनी यादव हुन् । बुवाको घटना स्थलमै मृत्यु भएको थियो भने आमाको भैरहवा मेडिकल कलेजमा उपचार गर्ने क्रममा मृत्यु भएको जिल्लम प्रहरी कायालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक खड्ग वहादुर खत्रीले बताए ।
हत्या गर्ने २८ वर्षिय कान्छो छोरो गोरख यादव चार वर्षदेखि मानसिक औषधि सेवन गर्दै आएको मृतकरामनाायणकी छोरी सरस्वती यादवले बताईन । गाँउमा आफन्तीको विवाह भोज खाएर घरमा सुतेका बुवालाई छोरो गोरखले धारिलो हतियार घाँटीमा प्रहार गरेका थिए । उनलाई छुट्याउन आएकी आमालाई समेत हतियारले हिर्काए ।
बचाउन आएका ठूला दाई जोगेन्दर, उनकी श्रीमती उषा, छोरा जोखन, र माहिली बुहारीलाई पनि हतियार प्रहार गरियो । उनीहरु सामान्य घाइते छन् । हत्या गर्ने गोरखलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ । मृतको सव पोष्टमार्टमका लागि भीम अस्पतालमा राखिएको रुपन्देही प्रहरीले जनाएको छ ।