प्रदेश ५ सरकारले चालु आर्थिक वर्षभन्दा ६ करोड रुपैयाँ कम गरी आर्थिक वर्ष २०७७र७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरेका हुन् ।बजेटमध्ये चालुतर्फ ३४ दमलव ६४ प्रतिशत अर्थात १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पुँजीगततर्फ ५१ दशमलव २२ प्रतिशत अर्थात १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र स्थानीयतह वित्तीय हस्तान्तरणतर्फ १४ दशमलव १४ प्रतिशत अर्थात ५ अर्ब १४ करोड ५० हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।
बजेट आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरणतर्फ १७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख समपूरक अनुदानतर्फ ४८ करोड ३३ विशेष अनुदानबाट र २१ करोड र चालु वर्षको खर्च हुन नसकेको रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ ।
प्रदेश ५ सरकारले अघिल्लो वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंयाको बजेट ल्याएको थियो । स्वास्थ्य, कृषि र रोजगारी प्रवर्धनमा बजेट केन्द्रित बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालकारुपमा स्तर उन्नती गर्ने घोषणा गरेका छन् ।
आव २०७७।७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामीला मन्त्री समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले रुकुम पुर्व, नवलपरासी, भिम अस्पताल, कपिलवस्तु र बर्दियाको जिल्ला अस्पताको स्तर उन्नतीका लागि १५ करोड बजेट बिनियोजन गरेको बताए ।उनले १०९ वटै पालिकामा मुख्यमन्त्री ग्रामिणबिकास रोजगार कार्यक्रम संचालन गर्न १ करोड बिनियोजन गरेको बताए ।
पोखरेलले कपिलवस्तुको बिवराजमा सरुवारोग अस्पताल निर्माण गर्न १ करोड तथा दाङको लमहिमा ट्रमा अस्पतालका लागि ५ करोड बजेट बिनियोजन गरेको बताए ।आव ०७७।७८ मा बांकेको खजुरामा प्रदेश बिश्व बिद्यालयको स्थापना गर्ने घोषणा गर्दै मुख्यमन्त्री पोखरेलले त्यसको लागि ७ करोड बजेट बिनियोजन गरेको बताए ।
संचार क्षेत्रको पनि समुचित विकास गरिने भन्दै विज्ञापन वितरण प्रणाली वेज्ञानिक बनाउने तथा संचार सवध संस्थाहरुको विकास का लागि सहकार्य गर्ने बजेटमा उल्लेख गरिएको छ । प्रदेश ५ सरकारले बिदेशबाट फर्केका युवाहरुलाई सोरोजगार सृजना गर्न ५१ करोढ १४ लाख बजेट बिनियोजन गरेको छ ।प्रदेशसभामा आज आव ०७७र७८को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले युवाहरुलाइै कृषिमा लगाउने उद्दे्श्यले बजेट बिनियोजन गरेको बताए । उनले लकडाउनका बिच कृषि एम्बुलेन्स संचालन गरिएको उल्लेख गर्दै कृषिलाई बजेटमा पर्याप्त बजेट बिनियोजन गरेको बताए ।
उनले् कोरोना भाइरस नियन्त्रण गर्न प्रत्यक पालिकालाई ५, ५ लाख बिनियोजन गरेको जानकारी दिए ।उनले प्रदेश सरकारले स्थापना गरेको कोभिड(१९ कोषमा १५ करोड ६ लाख संकलन भएको जानकारी दिंदै अहिले सम्ममा ७ कारोड ८९ लाख बिभिन्न सिर्सकमा निकासा भएको बताए । आगामी वर्षमा पनि प्रदेश सरकारले कोभिड(१९ कोषमा १० करोड बिनियोजन गरेको उनले बताए ।
सरकारले घोषणा गरेको कलडाउन तथा अन्य निति निर्देशनहरु पालना गरेर सरकारी योजना अनुसार अघि बढेकोमा प्रदेशवासीलाई उनले धन्यवाद ज्ञापन समेत गरेको छन् । कोभिड १९ विरुद्धको लडाईमा सरकारलाई आगामी दिनमा पनि साथ र सहयोगका लागि उनले अपेक्षा गरेका छन् ।
यसैविच प्रदेश ५ को सरकारले सार्जवनिक गरेको बजेटका विषयमा चातर्फि रुपमा यसका आलोचना र प्रशंसा दुवै देखिएको छ । सत्ता पक्षका सांसदहरुले वर्तमान अपस्थामा पनि बजेट निकै सनतुलीत आएको प्रतिक्रिया दिएका छन् । उता विपक्षी दलका प्रदेश सदस्यहरुले बजेट वितरणमुखी देखिएको टिप्पणी गरेका छन् । उनिहरुले सरकारले कोरोना भाईरस विरुद्धको अभियानमा बजेट निकासा गर्न नसकेको तथा अहिले पनि वितरणमुखी बजेटलाई नै निरन्तरता दिएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले सरकारी बजेट सन्तोष जनक नभएको टिप्पणी गरिन् । उनले वितरण मुखी बजेट ल्याएको पनि कार्यनयनमा चुनौतीहरु रहेको बताईन् ।
सत्तारुढ नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बजेटको बचाउ गर्दै संकटका वेला निकै सन्तुलीत बजेट आएको प्रतित्रmिया दिएका छन् । उनले बजेटले प्रदेशका जनतालाई समेटेको दावी पनि गरे ।