बुटवलको महत्वपुर्ण प्रयटकिय स्थल मणिमुकुन्द सेन उद्यान (फुलवारी) मा काठ तस्करी भएको खुलेको छ । जनप्रतिनिधिहरुले नै नेतृत्व गरेको उद्यानमा रहेको बन्यजन्तु राखिने टहरामा २८ गोलिया काठ बिहीबार भेटिएपछि यस्तो रहस्य खुलेकोको हो ।
बन्यजन्तु राखिने क्षेत्र अन्र्तगत चितुवा राख्ने टहरामा टिक (सगुवन)का २८ गोलिया अवैद्य काठ भेटिएको डिभिजन वन कार्यालय रुपन्देहीका सहायक वन अधिकृत रबिन्द्र चौधरीले जानकारी दिए ।
यो उद्यानको अध्यक्ष सहित अधिकाश पदाधिकारीहरु बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिहरु हुन् । अध्यक्ष खेम लुईटेल वडा सदस्य तथा जिल्ला समन्वय समितिका सदस्य हुन् । महासचिव रमेश नेपाल वडा न २ का अध्यक्ष हुन् । सचिव महेन्द्र लिगत वडान १ का अध्यक्ष हुन् । अन्य सदस्यहरु पनि जनप्रतिनिध रहेका छन् । संरक्षणको दायित्व हुनुपर्ने जनप्रतिनिधिहरुकै निर्देशनमा तस्करी भएको आरोप लागेको छ । स्थानीयले खवर गरेपछी डिभिजन वनको टोलीले काठ तस्करीको अनुसन्धानका लागि आएको थियो । चितुवा राखिएको टहरामा राखिएको काठ अहिले वनको टोलीले स्थानीय तथा नेपाली सेनाको रोहवरमा मुजुल्का सर्जमीन गरेको छ ।
बुटवल सामुदायक वनको अहिलेको समिति र उद्यान्नको मिलेमतोमा सामुदायिक वनको काठ अबैद्य ढंगले कटान गरी लुकाएको बुटवल सामुदायिक वनका पूर्व अध्यक्ष माधव प्रधानले आरोप लगाए । स्थानीय अगुवा जुद्ध केसी सामुदायिक वनमा बिवाद ल्याएर अबैध काम गर्न बुटवलको वडा नम्वर १ र २ का जनप्रतिनिधिले मिलेमतोमा काठ काटेर लुकाएको आरोप लगाएका छन् ।
मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुईटेलले उद्यानको काठ काट्ने कार्यमा कुनै सम्लग्नता नरहेको र यो बिषय सामुदायिक वनको भएको भन्दै पन्छिए । काठ चितुवा राख्ने ठाउमा कसरी आयो भन्ने सम्वन्धमा उद्यानले खोजी गर्ने उनको तर्क छ ।