सिद्धार्थ राजमार्गको बुटवल –तानसेन सडकखण्ड सोमबार विहान १० बजेदेखि बन्द भएको छ ।
सडकखण्डको तिनाउ गाउँपालिका ३ दोभानप्रहरी चौकि देखि सिद्धबाबा हेडबक्स क्षेत्रको सडक छेउछाउका ढुङगा र पहिरो हटाउन बिहान १० बजेदेखि सडक बन्द गरीएको डिभिजन सडक कार्यालय पाल्पाले जानकारी दिएको छ ।
दिउँसो ३ बजेसम्म सडकमा जम्मा भएको पहिरो हटाईने बताईएको छ । अहिले डोजर लगाई काम भइरहेको डिभिजन सडक कार्याल सडक डिभिजन कार्यालयका प्रमुख प्रमुख ईन्जिनियर केदारप्रसाद नेपालले जानकारी दिए ।
यसबाट सावारी आवतजावतमा पर्न गएको असुविधा प्रति डिभिजन सडक कार्यालय क्षेमाप्रर्थी रहेको प्रमुख ईन्जिनियर नेपालले बताए ।
सडकमा ठुला ठुला ठुङगा भएकाले त्यसलाई हटाउने कार्य भैरहेको छ ।
यस अघि हिजो अवरुद्ध सडक एकतर्फि संचालनमा आएको थियो । सो क्षेत्रको माथील्लो भागमा पनि ठुला ठुला ढुङगा अड्किएकोले यात्रा गर्न जोखिम रहेको छ । यस अघि शुक्रबार ढुङगा सहितको पहिरो खसेर एक जनाको मृत्यु भएको थियो । पहिरोले मोटरसाईकल नै वगाएको थियो । अहिले सडकको दुवै खण्डमा लामो सवारी साधनको लाईन लागेको छ । कतिपय यात्रुहरु पदैल मार्फत समेत गन्तव्यमा गैरहेका छन् ।