कपिवलस्तु जिल्लाको बुद्धभूमी नगरपालिकामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । बुद्धभूमी नगरपालिका ४ मा आईतवार दिउसो पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेत बहादुर बोहोराका ९ वर्षिय छोरा अनमोल बोहोरा र राम बहादुर कुंवरका १० वर्षिय छोरा सौगात कुंवरको मृत्यु भएको हो । उनिहरु घर देखी ५०० मिटर उत्तर तर्फ रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका हुन् । उ
नीहरु डुबेको देखेपछि आफन्तले तत्काल पोखरीबाट निकाली उपचारको लागि ४ नम्बर स्थित सामुदायिक अस्पतालमा पुर्याएका थिए । तर दुबै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । केही समय अघि पनि कपिलवस्तुमै तीन जना युवाको पौडी खेल्नेक्रममै डुबेर मृत्यु भएको थियो ।