पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । तीनदिन देखिको लगातार वर्षापछि वन्द हुदै खुल्दै गरेको सो सडक खण्डमा शनिवार दिउँसो भने ठूलो पहिरो खसेको छ । पहिरोसंगै एक जना यात्रुलाई मोटरसाकाईल सहित वगाएको प्रहरीले जनाएको छ ।
पहिरोसंगै खसेर एक युवक भीरमा अडिएको बताईएको छ । उनले चलाएको मोटरसाइकल सडकभन्दा तल खोलामा पुगेको छ। बुटवल पाल्पा सडकखण्डअन्तर्गत हेडबक्स र रामापिथेकसबीचमा माथिबाट खसेको ढुंगासँगै खसेको पहिरोले उनलाई बगाएको थियो। दिउँसो करिब साढे दुईबजेतिर घट्ना घटेको भए पनि अहिलेसम्म युवकको उद्धार हुन सकेको छैन्।
माथिबाट पहिरो खस्ने क्रम चलिरहेकाले उद्धारमा कठिनाई भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख मधुसुदन पन्तले बताए । उनका अनुसार सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ। अहिले जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रदेश ट्राफिक कार्यालय बसटवलबाट गएको प्रहरी टोली परिचालन गरिएको छ ।
अप्ठ्यारो भीर र पहिरो खसिरहेकोले उद्धार हुन सकेको छैन। भीरमा अड्किएका युवकको अवस्था र पहिचान खुल्न सकेको छैन्। साथै मोटरसाइकलको नम्बरसमेत खुलेको छैन् ।