सार्वजनिक जग्गाको अतिक्रमण हटाउने नाममा नगरपालिकाका कारण घरबारविहीन भएका बुटवलका १६ परिवारको अनशन २४ दिनदेखि जारी छ।
दाताले दिएको खाना खाएर बसेको रिले अनशनमा बालबालिकादेखि बृद्धसम्मको सहभागिता छ। कतिसम्म भने दिउँसो विद्यालयबाट फर्केका विद्यार्थीसमेत साँझबिहान अनशनमा छन्। २०२८ देखि जामे मस्जिदअगाडि टिनको छाप्रोमा बस्दै आएका स्थानीयको छाप्रो बुटवल उपमहानगरपालिकाले डोजर लगाएर भत्काएपछि उनीहरु बिचल्लीमा परेका हुन्। हारगुहारको बुटवल उपमहानगरपालिकाले सुनुवाई नगरेको संर्घष समितिका संयोजक हरिप्रसाद विश्वकर्माले बताए।
सार्वजनिक जग्गा संरक्षण गर्नुस्थानीय तहको दायित्व भन्दै उपमहानगरपालिकाले छाप्रोमा डोजर चलाएको थियो। त्यसपछि घर बाहार बिहिन भएका १६ परिवारले सोही ठाउँमा बैकल्पिक ब्यवस्थाको माग गर्दै रिले अनसनमा बसेका हुन्। १५ केटाकेटी, १ गर्भवती महिला सहित १६ परिवारका एक सय जना प्रचण्ड गर्मी र वर्षाको पानीको पर्बाह नगरी एकै ठाउँमा रिले अनशनमा छन्।
१६ परिवारका ३० बालबालिका स्थानीय विद्यालयमा पढ्छन्। बस्तीमा डोजर चलाउँदा पोशाक, लत्ता कपडा, किताब, कापी नष्ट भएपछि करिव दुई हप्ता उनीहरु विद्यालय जान पाएका थिएनन्। पछिल्लो समय पढाईको निरन्तरताको लागि स्थानीय संस्थाले सहयोग गरेपछि उनीहरु विद्यालय जान थालेका हुन्।
पीडितलाई भेटे कांग्रेस नेताहरुले
कांग्रेसका केन्द्रीय नेताहरुले पीडितमाथि अन्याय भएको भन्दै तत्काल उचित व्यवस्थापनको माग गरेका छन्। अनसन स्थलमा पुगेका कांग्रेसका नेता प्रकाशमान सिह र वालकृष्ण खांँणले स्थानीय सरकारले ज्यादती गरेको भन्दै तत्काल विकल्पको व्यवस्था गर्न माग गरे।
यसैबीच, नागरिकलाई तत्काल उचित बसोबासको व्यवस्था गर्न बुटवलमा क्रियाशील ११ वटा दलले नगरपालिकासंग माग गरेका छन्। नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति लगायतका ११ वटा दलको बुटवलमा बसेको संयुक्त बैठकले नगरप्रमुखकै नेतृत्वमा घरबार बिहिन बनाइएका १६ परिवारलाइ नगरपालिकाभित्रै प्रतिपरिवार दश धुरका दरले जग्गा उपलब्ध गराइ पुनस्र्थापना गर्न माग गरेका छन्।
नगरबासीको गासबासको सुरक्षा गर्नु पर्ने नगरप्रमुखको दायित्वलाइ बिर्सेर मेयर शिवराज सुवेदीले वर्षौदेखि बस्दै आएका गरिब र विपन्न बस्तीमा एकाएक डोजर चलाउनु निन्दनीय कार्य भएको भन्दै कांग्रेस नेताहरुले आपत्ति जनाएका छन्।
नेपाली काँग्रेसका नगरसभापति खेलराज पाण्डे, जनमुक्तिका थर्कबहादुर बाह्रघरे मगर, समाजबादी पार्टी नेपालका अशोक बर्मा, नयाँ शक्तिका बामदेव भुसाल, राष्ट्रिय जनमोर्चाका तुलसीराम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका निरज प्रताप खाँण, राष्ट्रिय जागरण परिषदका चित्रबहादुर थापा लगायत सहभागी संयुक्त बैठकले नगरपालिकाले घरबास खोसेर सडकमा पु¥याइएका बिपन्न परिवारलाइ तत्काल उचित पुनस्र्थापना गर्न माग गरेको हो।