अर्घाखाँचीको सन्धिखर्क नगारपालिका–७ सुपादेउराली मोडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
४ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान ३ धारापानीका जिप चालक ५५ वर्षीय सुमन्त भुसाल र मालारानी ३ गुनाखर्कका ३७ वर्षीय रुद्रप्रसाद भुसाल छन् भने अन्य एकजनाको शनाखत हुन सकेको छैन।
कपिलवस्तुको कृष्णनगरवाट अर्घाखाँचीको संधिखर्कतर्फ जार्दै गरेको जिप बिहीबार विहान साढे १० वजेतिर खोलामा खसेको हो।
दुईजनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको हो। घाइते चारै जना गम्भीर रहेको प्रहरीले जनाएको छ।