रामेछापको मन्थली नगरपालिका वडा नं. ६ स्थित भलुवाजोरमा आइतबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ। अर्का एकजना गम्भिर घाईते भएका छन्।
दुर्घटनामा परी मृत्यूहुनेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं. ७ का निर बहादुर श्रेष्ठको रहेका छन्। उनको दुर्घटना स्थलमै ज्यान गएको हो , भने एम्बुलेन्समा सवार सोही स्थानका सुरज श्रेष्ठ गम्भिर घाइते भएका छन्। घाइतेलाई मन्थलीमा सामान्य उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहारी कार्यालय रामेछाप ले जनाएको छ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिकाबाट मन्थलीतर्फ आउँदै गरेको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स सडकबाट करिब एक सय मिटर तल खसेको थियो। आइतबार बिहान साढे दुई बजेको समयमा दुर्घटना भएको र दुर्घटनाको कारण का बारेमा थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता शेख अदालतले जानकारी दिए।