ट्रान्सपरेन्सी इन्टरनेशल (टि.आइ.) नेपालका अध्यक्ष एबं पूर्व शिक्षा सचिव खेमराज रेग्मीले वर्तमान सरकार नीति नियम नचलेको आरोप लगाएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले रामेछापको मन्थलीमा आयोजना गरेको भूकम्प पछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचारका लागि सरोकारवालाहरुसँग नीति, प्रगति र चुनौति बिषयक छलफल कार्यक्रमका उनले सरकारले आफैले बनाएको नीतिलाई कार्यान्वयनमा नल्याएको बताएका हुन् ।
सकारको वर्तमान कार्य शैली नफेरीने हो भने धेरै नागरिकले दुखः पाउने उनको तर्क रहेको छ ।रेग्मीले सरकारमा मन्त्री एबं शिर्षस्थ नेताहरुले धेरै ठाँउमा गएर नागरिकको मन जित्नका लागि बिभिन्न कुराहरु बोलिदिने तर त्यसको कार्यान्वयन नगरिदिदा भूकम्प पछिको पुनः निर्माणमा समस्या भैरहेको बताए ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले जिल्लाका कुनै पनि सरकारी कार्यालयहरुले नगरपालिका सँग समन्वय गर्ने नगरेको आरोप लगाए । उनले जिल्लामा काम गर्ने सडक डिभिजन कार्यलय, भुकम्प पछि र भवन र बिद्यालयको काम गर्ने कार्यालयहरु, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र प्रदेश स्तरका डिभिजन कार्यालयहरु समेतल आफ्नो नगरपालिका सँग समन्वय नगरी मनोमानी ढंगबाट काम गर्ने गरेको बताए ।
उनले प्राबिधिक कर्मचारीहरु लेत झनै अटेर गर्ने गरेको, प्रधानमन्त्री, गृह मन्त्रीले एवं ठूला दलका शिर्षस्थ नेताहरुले भूकम्प भन्दा पछाडि जिल्ला भ्रमणका क्रममा आएर कर्मचारीलाई दिएको निर्देशन र भर्खरै पुनःनिर्माण सँग सम्बन्धित भएको निर्णयलाई कार्यान्वयन नगर्ने गरेकोले भूकम्प सँग सम्बन्धित कुराहरुलाई अब बिट मार्न तिर लाग्नु पर्ने कुरालाई जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले कार्यक्रममा उठेका बिषयबस्तुलाई सबै कर्मचारीहरुले गम्भीरता पुर्बक लिनुपर्ने भन्दै पुनःनिर्माण प्राधिकरणको काम गराई सुस्त गतिमा हुँदा र प्राबिधिकहरुले अनियमित काम गर्दा नागरिकहरुले दुःख पाइरहेकोले त्यस तर्फ सचेत रहनुपर्ने बताए ।
कार्यक्रममा पुनः निर्माण प्राधिकारण जिल्ला अयोजना कार्यालय, अन्तर्गत भवन र शिक्षा तर्पmका प्रगति बिबरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका अबसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल,पत्रकार बद्री नयाँघरे, गैसस महासंघका अध्यक्ष भुबन श्रेष्ठ, उपाध्यक्ष रत्न कडेल, स्थानीय यम बहादुर थापा लगाएतले भुकम्प पछिको पुनःनिर्माण मा भएको समस्या र समाधानका उपायहरुका बारेमा सुझाब दिएका थिए ।