नगरपालिकाले गरेको निर्णयलाई बेवास्ता गर्ने मन्थली नगरपालिकाका आधा दर्जन वडा कार्यालयको अनुदान कटौति हुने भएको छ । स्थानीय निकायको निर्वाचन संगै नियमित रुपमा सदरमुकाममा नै बसेर कामकाज गर्दै आएका ६ वटा वडा कार्यालयको अनुदान रकम काटिने भएको हो ।
सरकारले संघियताको कार्यान्वयन संगै वडाको अधिकार गाउँमा पुर्याउने घोषणा गरेको भएपनि मन्थली नगरपालीकाका ६ वटा वडाका वडा अध्यक्षहरुले अटेर गरि सदरमुकाममानै कार्यालय खोलेर काम गर्दे आएका छन्। नागरिक हरुले आफ्नो सामान्य कामको लागि पनि सदरमुकामनै धाउनु परेपछि नगरपालिकाले पटक-पटक वडा कार्यालयलाई आफनो कार्यक्षेत्रमा फर्कन अनुरोध गरेको थियो ।
स्थानीय निकायको निर्वाचन पछि पनि गाउँमा वडा कार्यालय नहुँदा नागरिकहरुले गाउँमै पाउने सेवा सुविधा पाउन नसक्दा उनीहरुले दैनिक हैरानी खेप्न वाध्य भएका छन् । स्थानीय निर्वाचन सम्पन्न भएको २ वर्ष वितिसक्दा पनि सरकारले उद्घोष गरे अनुसारको अधिकार गाउँमा नै पाउनु पर्ने हो तर गाउँका नागरिकहरुले अहिलेसम्म आफ्नो वडा कार्यालय गाउँमै देख्न समेत पाएका छैनन् ।
यस बारेमा चौतर्फी आवाज उठेपछि ततकाल गाउँमा वडा कार्यालय स्थापना गर्न मन्थली नगरपालिकाले सवै वडाका लागि गत आथिक बर्ष मा नै बजेट विनियोजन गरेको थियो । तर वडा कार्यालय हरुले त्यसको पनि सहि रुपमा कार्यन्वयन नगरी सम्वन्धित उक्त रकमवाट केही सामान खरिद गरी वडा कार्यालय खोलेका थिए । तर ६ वटै वडा कार्यालय सम्बन्धित वडा कार्यालयमा नवसेर जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न कार्यालय खोलेर सदरमुकाममै वस्दै आएका छन् ।
सम्वन्धित वडा कार्यालयमा गाउँमा नवसेको र नागरिकहरुले सेवा लिन धेरै दुःख पाएको विषयमा जनस्तरवाट पटकपटक आवाज उठेपछि मन्थली नगरपालिकाले सदरमुकामवाट संञ्चालन भएका ६ वटा वडा कार्यालयलाई तत्काल गाउँमै वडा कार्यालयमा गएर नागरिकलाई सेवा दिन निर्देशन दिएको थियो । तर स्थानीय निर्वाचन भएको २ वर्ष वितिसक्दा पनि ति वडा कार्यालयहरु गाउँ फर्किएका छैनन् ।
१४ वटा वडा कार्यालय रहेको मन्थली नगरपालिकाका सदरमुकाममा रहेका वडा कार्यालयमा नगएर सदरमुकमा मन्थलीवाट वडा कार्यालय संचालन हुने वडा कार्यालयहरुमा वडा नं २ र ३ वडा नं ४ सालु, वडा नं ५ को सुनारपानी १० नं वडाको चनखु र ११ नं वडाको गेलु रहेका छन् । त्यसमा पनि वडा नं ५ कोे कार्यालय भने सदरमुकाममा रहेको वडा अध्यक्षको आफ्नै घरमा संचालन हुँदै आएको छ ।
वडा कार्यालय शहरमा केन्द्रित हुँदा नागरिकहरुले नागरिकताको सिफारिस, जन्मदर्ता, विवाह दर्ता, बसाईसराई आदिको सिफारिस, सामाजिक सुरक्षा भत्ता वितरण, नाता प्रमाणित, जग्गाको तिरो लगाएतका साना ठुला कामहरु लिएर सदरमुकाम धाउनु पर्दा नागरिकहरुले हैरानी खेप्नु परेको मन्थली नगरपालिका वडा नं ५ का दिपक कार्किले वताए ।