बिषाक्त खानाका कारण रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ११ मा ९ जना बिरामी परेका छन् ।
निर्माणाधिन मनकामना माध्यामिक विद्यालयको भवन निर्माण कार्यमा संलग्न रहेका कामदारहरुले सोमबार बिहान पकाएको खाना बढि भएपछि सोही दिन साझ खानालाई (फ्राइ गरेर) भुटेर खाई सुतेका थिए ।
सो खानाका कारण मंगलबार देखि पेट दुख्ने, झाडा पखाला लाग्ने र ज्वरो आउने गरेपछि मंगलबार साझ नौ जनालाइनै मन्थली स्थित तामाकोशी सहकारी अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
विषाक्त खानाका कारण उनीहरु विरामी परेको उपचारमा संलग्न तामाकोशी अस्पतालका चिकित्सक शिवलक्ष्मी कुँवरले बताइन् । हाल बिरामीहरु सवैको अबस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
गाउँको विद्यालय भवन निर्माणका लागि विभिन्न जिल्लाबाट आएका कामदारहरु एक्कासी बिरामी भएपछि अस्पतालमा उपचारका लागि आफैले एम्बुलेन्स मार्फत मन्थली ल्याएको वडा नं ११ का अध्यक्ष भिम बहादुर मगरले बताए ।