रामेछापको उमाकुण्ड र गोकुलगंका गाउपालिकाको सिमाना स्थित नुम्बुर ट्रेकिङमा हिडेका ४ जना मध्ये हराइरहेका एक जना युवालाई प्रहरीले बुधबार जिबित्तै उद्धार गरेको छ ।
यहि जेठ २५ गते शनिबार देखि काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं ३ का ३४ बर्षिय मनिष युगल श्रेष्ठ हराएको सूचना प्रहरीले पाएपछि खोजतलासका क्रममा बुधवार बिहान गोकुलगंगा गाउपालिका वडा नं १ स्थीत तेर्से भन्ने स्थानमा लेक लागि हिडन नसक्ने अबस्थामा जिबितै फेला पारेको थियो ।
जिल्ला सदरमुकाम बाट १ दिनको पैदल दुरी तथा ४ घण्टाको सवारी यात्रा पछि मात्र पुगिने भौगोलिक बिकटता भएको उक्त स्थानमा श्रेष्ठको उद्धारका लागि काठमाण्डौबाट हेलिकप्टर मगाइएको भएपनि मौसम प्रतिकुलताका कारण हेलिकप्टर बस्न नसकी काठमाण्डौ फिर्ता भएको प्रहरी निरिक्षक रबि भूषण यादब ले बताए ।