धनुषामा श्रीमानले मट्टी तेल जिउँमा खन्याएर जलाएकी निर्मला यादवको उपचारको क्रममा मृत्यु भएको छ ।
गत वैशाख ५ गते दिउँसो घरमा कोही नरहेको मौकाछोपी नसा सेवन गरेका पति मुकेशले निर्मलाको हातखुट्टा बाँधेर जिउमा मट्टी तेल खन्याई आगो लगाका थिए । काठमाडौंको वर्ण हस्पिटलमा उपचारको क्रममा सोमवार मृत्युु भएको हो । धनुषाको शहिदनगर नगरपालिका १ पुरवारी टोल चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवले पत्नी २० वर्षीया निर्मला यादवलाई जिउमा मट्टी तेल खन्याएर आगो लगाएका थिए ।
आगोबाट निर्मलकाको शरीरको ७० प्रतिशत भागको छाला जलेर उनी गम्भीर घाइते भएकी थिइन् । घटनापछि गम्भीर घाइते निर्मलालाई जनकपुर अञ्चल अस्पतलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौंको वर्न होस्पिटलमा भर्ना गरिएको थियो ।
निर्मलाको १० महिना अघि मात्र समाजिक परम्परा अनुसार विवाह भएको थियो । २०७५ असार १८ गतेको दिन निर्मला र मुकेशको विवाह भएको थियो । मुकेश लागुपदार्थ तथा मादक पदार्थ सेवन कुलतका शिकार हुन् । आगो लगाएपछि निर्मला जोड जोडले चिच्याउँदा छरछिमेकहरुले उद्धार गरेका थिए तर त्यतिबेलासम्म निर्मलाको शरिर अधिकांश भाग जलिसको थियो ।
घटना पश्चात उनकी श्रीमान मुकेश फरार भएका छन् । माइतपक्षले छोरी निर्मलालाई हत्या गर्ने प्रयास भएको भन्दै पति मुकेश गोइत यादव, ससुरा झरी गोइत यादव र सासुमाथि ज्यान मार्ने उद्योगमा कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । निर्मलाकी बुबा कामे भुसकुलियाले जाहेरी दर्ता गराएका छन् । यसअघि गत वैशाखमा १२ गते मात्र घरायसी विवादमा पतिले मट्टी तेल खन्याएर जलाएकी सिरहाको कल्याणपुर नगरपालिका ८ की २१ वर्षीया कञ्चनको वैशाख १३ गते मृत्यु भएको थियो ।