जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दास बैष्णवको ’महन्त’ पद खारेज भएको छ । साे मन्दिरकाे महन्थ बन्न दायर गरेको उत्प्रेषण रिट सर्वोच्च अदालतले खारेज गरेको हाे ।
रत्नसागरको महन्थबाट गुठि संस्थानले बैकुण्ठ दास तिवारीलाई हटाएपछि उनले सर्वोच्चमा उत्प्रेषण रिट हालेका थिए । गुठि संस्थान कार्यालय र कार्यालय प्रमुखसहितलाई प्रतिवादी बनाउदै बैकुण्ठले सर्वोच्चमा ४ वटा रिट दायर गरेका थिए । बैकुण्ठले दायर गरेको ४ वटै रिट सोमबार सर्बोच्चले खारेज गरेको हो ।
गुठी संस्थान केन्द्रीय कार्यालयले २०६० सालमा दासलाई पाँच वर्षको लागि रत्नसागर मन्दिरको महन्थमा नियुक्त गरेको थियो । तर म्याद पुरा भइसकेपनि उनी मन्दिरको महन्थ पद छोड्न नमानेपछि गुठी संस्थानले पत्राचार गरी पद छोड्न भनेको थियो । तर आफू वैध तरिकाले महन्थ बनेको भन्दै दासले गुठी संस्थानविरुद्ध २०६८ सालमा सर्वोच्चमा मुद्दा दर्ता गरेका थियो ।
बैकुण्ठ दास भारतीय नागरिक रहेको र मन्दिरको जग्गाहरु धमाधम बिक्री वितरण गरेको आरोप लाग्दै आएको छ । हजारी जनक विद्यापिठ विद्यालयको जग्गा समेत किर्ते जालसाजी गरि बेचेको आरोपमा जिल्ला अदालत धनुषाबाट साधारण तारेखमा रिहा भएका छन् ।