मकवानपुर प्रहरीले विभिन्न समयमा हराएका ३१ वटा मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विशेष प्रविधिको प्रयोग गरी ती मोबाइलहरु फेला पारिएका हुन् । सामसुङ, जीओनी, ओपो, नोकिया, भिभो, हुवाई लगायतका कम्पनीका मोबाइलहरु फेला पारी सम्बन्धित धनीलाई बुझाइएको मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए । १२ हजारदेखि ४५ हजार सम्म मूल्यका मोबाइलहरु फेला पारिएको प्रहरीले बताएका ।
चालू आर्थिक बर्षमा साँढे ८ महिनाको अबधिमा २१४ वटा मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको प्रहरी नायव उपरिक्षक भट्टराईले बताए ।