प्रदेश नं ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा बजारको सडक फराकिलो पार्दा आफ्नै घर भत्काएर निर्णय कार्यान्वयन गर्ने बताएका छन् ।
हेटौडास्थित रेडियो थाहासञ्चार एफएमको बार्षिकोत्सवमा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो धारणा राखेका हुन् । लामोसमयदेखि हेटौँडा बजारको सडक फराकिलो पार्ने बहस चलिरहँदा प्रदेश सरकारले दुईदिनअघि हेटौँडा बजारमा दाँया/बायाँ १६ मिटरका दरले फराकिलो पार्ने निर्णय ३ नं प्रदेश मन्त्रिपरिषदले गरेको थियो ।
यसअघि संघीय सरकार मातहत रहेको डिभिजन सडक कार्यालयले हेटौँडा बजारका दायाँबायाँ भत्काउने कार्य सुरु गरेको थियो । निर्वाचन लगत्तै सबै दलहरुले व्यवसायीको पक्षमा बोल्दै सडक भत्काउनका लागि चुनावी सभाहरुमा घोषणाहरु समेत गरेको थियो ।
त्यसबखत पौडेलको हेटौँडा ४ सीमाचोकस्थित आफ्नै घर परेकाले सडक बिस्तार हुन नदिने प्रपञ्च रचेको भन्दै आलोचना भएको थियो । आलोचनाबाट मुक्त हुनका लागि पनि मुख्यमन्त्रीले आफ्नै घर भत्काएर सडक चौँडा पार्ने काम सुरु हुने घोषणा गरेका हुन् ।