विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा ‘गुन्डा नाइके’ गणेश लामालार्इ दोषी ठहर गरेकाे छ।
एक करोड ४० लाख ५० हजार अवैध सम्पत्ति जोडेको भन्दै बिहीबार विशेष अदालतले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर हो। दोषी ठहर भएसँगै लामालाई एक वर्ष कैदको फैसला पनि सुनाइएको छ।
अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका लामालाई एक वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यही बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाएको अदालतका रजिष्टार नारायण पोखरेलले जानकारी दिए।
लामाका परिवारका अन्य ५ सदस्यलाई भने विशेषले सफाइ दिएको उनले बताए। पाँच वर्षअघि गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धीकरण विभागले विशेषमा मुद्दा दायर गरेको थियो।
हातहतियार तथा खरखजना मुद्दामा लामा हाल सुुन्धारास्थित केन्द्रीय कारागारमा छन्।