प्रदेश सभा ५ मा नेकपाका प्रमुख सचेतक रहेका नेता भूमिश्वर ढकालको घरमा गए राति पेट्रोल बम प्रहार भएको छ। बम प्रहार गर्नेकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ।
ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको छ। घर भने क्षेति हुनबाट जाेगिएकाे छ। विस्फाेटकाे समयमा सचेतक ढकाल घरमा थिएनन्। उनी विरामी भएर अहिले ललितपुरमा रहेकाे मेडिसिटी अस्पतालमा उपचारका क्रममा रहेका छन् ।
सैनामैना-७ रामापुर कलौनीमा रहेको उनको घरमा पत्नी, बाबा-आमालगायत परिवारका अन्य सदस्यहरु सुतिरहेका थिए। ढकाल सुत्ने कोठामै बम प्रहार भएको पनि त्यो विष्फोट हुन पाएन। उनले प्रयाेग गर्ने प्रदेश सभाकाे गाडीमा भने क्षेति पुगेकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।