प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आवधिक योजना र सरकारको नीति कार्यक्रममा केन्द्रित भएर आएकाले बजेटको कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन्। उनले अव प्रदेशले गतीका साथ काम अघि बढाउने पनि बताए।
प्रदेश सरकारले आइतबार सार्बजनिक गरेको बजेटका सम्वन्धमा सोमबार बुटवलमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री पोखरेलले चालु आर्थिक वर्षमा कर्मचारी अभावले समयमा बजेट कार्यान्वयन हुन नसकेपनि आगामी आर्थिक वर्षको सुरुदेखि नै बजेट कार्यान्वयन हुने बताए।
चालु आबको वजेट ७० प्रतिशत खर्च भएको र संघको अनुदानबाट आएको मध्ये डेढ अर्ब वजेट बढी खर्च गर्न सफल भएको भन्दै उनले आगामी आवको बजेट ८ महिनामै खर्च गसिक्ने दाबी गरे। उले बजेटले प्राथमिकता दिए अनुसार कृषिको व्यवसायिकरण गर्दै जाने, युवालाई कृषिकर्ममा आकर्षित गर्ने,पर्यटकीय गन्तव्यहरुलाई आकर्षित ढंगले विकास गर्ने बताउदै अर्थतन्त्रको आकारलाई राष्ट्रिय तहमा पु¥याउने बताए।
मुलुकको अर्थतन्त्र अझै काठमाडौं केन्द्रीत रहेको भन्दै अव प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्नेमा उनले जोड दिए। ‘अहिले सिंगो अर्थतन्त्र काठमाडौं भ्यालीमा थुप्रिएको छ, काठमाडौंले नै डोमिनेट गरेको छ’, उनले भने ‘काठमाडौं केन्द्रीत अर्थतन्त्रले देशको सन्तुलित विकास हुन सक्दैन। त्यसैले अर्थतन्त्रलाई प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्ने अवस्था आइसक्यो।’
मुख्यमन्त्री पोखरेलले आउदो आर्थिक वर्ष कूल गार्हस्थ उत्पादन ८ प्रतिशत र्पुयाउने लक्ष्य निर्धारण गरिएको र यो पूरा गरेरै छाड्ने दाबी गरे।
वजेट वितरणमुखीः प्रतिपक्षी
प्रदेश ५ सरकारले आइतबार प्रस्तुत गरेको बजेट वितरणमुखी रहेकाले प्रदेशको दीगो विकासका लागि प्रभावकारी नहुने प्रतिपक्षी दलका सांसदहरुले बताएका छन्।
कांग्रेस संसदीय दलका उपनेता वीरेन्द्रकुमार कानौडियाले बजेटले सबै क्षेत्रलाई समेट्न खोजे जस्तो देखिएपनि छरिएको र छरिएको बजेटले प्रदेशको दीगो विकासको लक्ष्य भेटाउन नसक्ने बताए। बजेटपछि प्रतिक्रिया दिदै बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद अर्यालले बजेट सबैलाई समेट्ने नाममा छरिएर आएको बताए।
सैद्धान्तिक रुपमा उठान गरिएका बिषयहरु राम्रा भएपनि बजेटको भोलुम सानो भएकाले समृद्ध प्रदेशको लक्ष्य हासिल गर्न नसक्ने उनले बताए।