चार राजनीतिक दलबीच एकीकरण गरी वैकल्पिक शक्ति निर्माण गर्ने तयारी शुरु भएको छ ।
संघीय समाजवादी फोरम, राजपा र नयाँ शक्ति पार्टीबीच बिहीबार काठमाडौँस्थित नयाँ शक्तिको कार्यालयमा समान राजनीतिक लक्ष्य निर्धारण गरी तिनको प्राप्ति अगाडि बढ्ने स्वरूपका बारेमा छलफल भएको हो । यस्तै एकीकरणका लागि अन्तिम कसरतमा नयाँ शक्ति र फोरम नेपाल अघि बढेपछि त्यसमा राष्ट्रिय जनमुक्ति पार्टी पनि सामेल भएका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी कार्यालयमा एकीकरणकै लागि भटराई, राजपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र राजेन्द्र महतो, फोरम अध्यक्ष उपेन्द्र यादव र जनमुक्ति पार्टीको नेताबीच छलफल भएको छ ।
नयाँ शक्ति पार्टीका मुखिया पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पहलमा भएको छलफलमा नयाँ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डल सदस्यद्वय महन्थ ठाकुर र राजेन्द्र महतो र राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाको सहभागिता रहेको थियो ।
बैठकमा चार राजनीतिक दलबीच मोर्चाबन्दी, गठबन्धन र पार्टी एकीककरणका विषयमा छलफल भएको बताइएको छ । बैठकमा थरूहट, जनजातिसम्बद्ध अन्य राजनीतिक शक्तिसँग समेत कुराकानी गर्र्ने जिम्मेवारी नयाँ शक्तिका डा.भट्टराईलाई दिइएको छ ।