संघीय समाजवादी फोरम प्रदेश २ को अध्यक्षमा विजय यादब विजयी भएका छन् । सोमवार भएको अधिवेशनबाट फोरमका केन्द्रीय कोषाध्यक्ष र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका यादब प्रदेश अध्यक्षमा निवार्चित भएका हुन् ।
सोमवार अबेरराति सम्पन्न मतगणनामा उनी १ सय ८४ मत ल्याएर निर्वाचित भएका छन भने उनका निकटम प्रतिद्धन्द्धी रेणु यादवले १ सय ४७ मत ल्याइन् ।
यस्तै प्रदेशसभा २ का प्रदेशसभा सदस्य समेत रहेका अशोक यादबले ४३ मत प्राप्त गरेका छन् । नयाँ विधान अनुसार प्रदेशको ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो ।
निर्वाचन समितिका अनुसार २ सय जनाले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष र सदस्यको निर्वाचन भएपछि समितिले तीन जना उपाध्यक्ष , एकजना महासचिव, एक जना सचिव र एक जना कोषाध्यक्षसहितका १० पदाधिकारी मनोनित गरिनेछ । प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना मतदाता थिए ।