प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेल रोल्पा पुगे लगत्तै बम विस्फोट भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको रोल्पा जिल्ला कमिटीको कार्यक्रम तथा अन्य सहभागी हुन आज मुख्यमन्त्री पोख्रेल लिवाङ पुगेका थिए । उनीसहित प्रदेश ५ का अन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी पनि सहभागी थिए । उनीहरु त्यहां पुगेको केही समयपछि नै नजिकैको जंगलमा वम विस्फोट भएको हो । पोखरेल सहभागी कार्यक्रमस्थलबाट केही किलोमिटर पर ‘बम’ विस्फोट को आवाज आएको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डिआईजी पिताम्पर अधिकारीले घटनाको पुष्टि गरे ।
उनले भने – मुख्यमन्त्रीको कार्यक्रम भन्दा धेरै टाठा जंगलमा आवाज आएको भन्ने छ तर अहिले त्यहा अवस्था समान्य रहेको छ ।’ डिआईजी अधिकारीले तर्सनाउने उदेश्यले केह िगरे होलान् तर त्यसको कुनै असर नरहेको पनि बताए । स्थानियले भने वम विप्लव माओवादीका कार्यक्रताले गराएको हुनसक्ने अनुमान गरेका छन् । लिवाङको वाहिर क्षेत्रमा जंगल रहेकोले जंगलमा भने ठुलो आवाज आएको स्थानियले बताएका छन् । तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर पर बम विस्फोट गराएको स्थानिय प्रहरीले जनाएको छ ।
मुख्य मन्त्री पोख्रैलले त्यहां मुख्य मन्त्री र स्थानिय जनप्रतिनिधिहरुविचको अन्तरक्रिया कार्यक्रममा पनि सहभागिता जनाएका थिए ।
यसैबीच, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रममा बम विस्फोट भएको समाचार हल्लामात्र भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टिको कार्यक्रममा सहभागि हुन मुख्यमन्त्री पोखरेल रोल्पा पुगेका बेला बम प्रहार भएको भन्ने समाचार हल्लामात्र भएको कार्यालयले स्पष्ट पारेको छ ।
मुख्यमन्त्री संगै रोल्पा पुगेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केशीले मुख्यमन्त्री सहभागी भएको कार्यक्रम भन्दा धेरै टाढा बम बिस्फोट भएजस्तो आवाज सुनिएपनि कार्यक्रम स्थलमा त्यस्तो कुनै संकेत नभएको बताएका छन् ।लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम संचालन भईरहेको बेला धेरै टाढा विस्फोटको आवाज सुनिएको उनले बताए