Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, June 26, 2022 | आइतबार, असार १२, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
स्वास्थ्य / जीवनशैली
  • गृहपृष्ठ
  • स्वास्थ्य / जीवनशैली
सफल जीवन कसरी तय गर्ने ?
स्पेसखबर
स्पेसखबर काठमाडौं, ११ कात्तिक
सफल जीवन कसरी तय गर्ने ?
सांकेतिक तस्बिर ।

जीवनमा कसरी सफलता प्राप्त गर्ने ? हामीलाई सधैं यही प्रश्नले लखेटिरहेको हुन्छ । सफलता पाउन, जीवन खुसी तुल्याउन त्यहीअनुरुपको लगाव, श्रम आवश्यक हुन्छ । सफलताका लागि लक्ष्य बनाउनुपर्छ साथै सार्थक प्रयास पनि ।

हामी हरेक दिन नयाँ योजना बनाउँछौं । जीवनमा के गर्ने, कसरी सफलता पाउनेमै घोत्लिन्छौं । यद्यपि सफलता भने सोचेअनुरुप प्राप्त भएको हुँदैन ।

सफलताका लागि हरेक महिना कम्तीमा एउटा राम्रो बानीको विकास गरौं । कुनै कुलत छ भने त्यसलाई छाडौं, अल्छीपन छ भने त्यसलाई त्यागौं । बिहान धेरै समय सुत्ने बानी छ भने चाँडै उठ्ने अभ्यास गरौं । जीवनमा स्वस्थ्य र खुसी रहने एक राज हो, बिहान चाँडै उठ्नु । यसले तपाईंको अतिरिक्त समय पनि बचत हुन्छ । शरीरमा स्फूर्ति बढ्छ ।
फलफूल सेवन गर्न जाँगर चल्दैन भने यसमा जोड दिऔं । क्रमशः आफूमा यस्तो सुधार ल्याउनुहोस् कि, जसले तपाईंको जीवनलाई उत्कृष्ट तुल्याउन सक्छ ।

असल र भरपर्दो साथी बनाउनुहोस्
जीवनलाई उत्कृष्ट बनाउन तपाईंको साथी सर्कल पनि सकारात्मक, ऊर्जावान् र भरपर्दो हुनुपर्छ । भनिन्छ, यस्ता साथीको सर्कल बनाउनुभयो भने तपाईंको तनाव धेरै हदसम्म कम हुन्छ । तपाईंमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ । असल मित्र भनेको जीवनको अनमोल सम्पत्ति हो । यस्तो सम्पत्ति तपाईंसँग जति धेरै हुन्छ, उत्तिनै सहज र सुखमय जीवन बिताउन सकिन्छ ।

प्रत्येक पलको आनन्द लिनुहोस्
तपाईं चाहे काम गर्नुहोस् वा खाना खानुहोस् । व्यायाम गर्नुहोस् वा पुस्तक पढ्नुहोस् । यी हरेक गतिविधिसँग रमाउन सिक्नुपर्छ । जीवनमा आइपर्ने जति पनि काम छन्, त्यसबाट आनन्द लिन सिक्नुपर्छ । आफैंले आफूलाई खुसी तुल्याउनुहोस् । यसले तपाईंको जीवन उत्कृष्ट हुन्छ ।

पैसा बचाउन प्रयास गर्नुहोस्
अनावश्यक खर्चलाई कटौती गर्नुहोस् । मितव्ययिता अपनाउनुहोस् । आवश्यक चिजलाई प्राथमिकतामा राखेर खर्च गर्ने बानी गर्नुहोस् । यसले गर्दा अनावश्यक खर्च हुँदैन र व्यायभार बढ्दैन । तपाईंको पैसा जति बचत हुन्छ, उत्तिनै जीवन सहज हुन्छ । यद्यपि आवश्यक परे खुला मनले खर्च गर्न पनि तयार हुनुपर्छ ।

हाँस्ने र हँसाउनेलाई जीवनको हिस्सा बनाउनुस्
भनिन्छ, जसले हाँस्न जानेको, उसले बाँच्न पनि जानेको छ । उन्मुक्त हाँस्नुहोस् । यसले तपाईंको स्वास्थ्य राम्रो हुन्छ, मन प्रशन्न हुन्छ । आसपासको वातावरण पनि राम्रो हुन्छ । अरुलाई हँसाउने, आफू पनि हाँस्ने गर्नुहोस् ।

सधैं केही राम्रो काम गर्ने प्रयास गर्नुहोस्
दिनमा हामी धेरै काम गरिरहेका हुन्छौं । कति काममा हाम्रो ध्यान गएको हुँदैन, कति कामप्रति हाम्रो रुचि हुँदैन । त्यही कारण हामीले गरेका सबै कामले राम्रो नतिजा दिँदैन । हामी जे काम गर्छौं, त्यसलाई कसरी उत्कृष्ट ढंगले गर्ने भन्नेमा सधैं प्रयासरत हुनुपर्छ । आफूले गर्ने कामलाई नयाँ र सिर्जनात्मक ढंगले गर्नुपर्छ । साथै मानिससँग राम्रो बोल्ने, राम्रो व्यवहार गर्नुपर्छ ।

दिनमा केही समय एक्लो रहन सिक्नुहोस्
हामी अक्सर अरुसँग व्यस्त रहन्छौं । अधिकांश समय धपेडीमा बित्छ । तर, दिनमा केही क्षण नितान्तः एक्लो हुनुहोस् । कम्तीमा पनि १० मिनेट एक्लो रहनुहोस् । यस समयमा तपाईं केही नयाँ सोच्न र योजना बनाउन सक्नुहुनेछ । दिनमा केही समय एक्लो रहनुको फाइदा भनेको मनको शान्ति पनि हो ।

नराम्रो सबै भुल्नुहोस्
जीवनको अर्थ हो, अघि बढ्नु । र, अघि बढ्नका लागि पछाडिको कुरा भुल्नुपर्छ । विगतका कमजोरी, गल्तीमा पछुतो गरी केही फाइदा छैन । विगतका सबै कुरा भुल्नुहोस्, जसलाई सम्झँदा तपाईं राम्रो महसुस गर्न सक्नुहुन्न ।

स्वयंलाई अनुशासित बनाउनुहोस्
जीवनमा त्यहीबेला सकारात्मक परिवर्तन आउँछ, जब तपाईं स्वयं अनुशासनमा रहनुहुन्छ । जीवनमा अनुशासन एकदमै जरुरी छ । अनुशासित जीवनमा सफलता मिल्नु धेरै सजिलो छ । यदि तपाईं अनुशासित हुनुहुन्न भने, अरुलाई अनुशासनमा राख्न पनि सक्नुहुन्न । अरुलाई देखाउन होइन, आफ्नै जीवनका लागि अनुशासित हुनुहोस् ।

खुसी चाहियो तर कसरी ?

बिदामा के गर्ने ?

निद्रा लागेन ? यसो गर्नुस् १ मिनेटमै फुस्स

मदिरासँग यी कुरा त खानै हुँदैन !

भुलेर पनि नगर्नुस् यस्ता ५ काम ! घरमा गरिबी भित्रिन्छ

तरकारीकाे विषादीले मानव स्वास्थ्य जोखिममा

प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६, ०२:३८:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • क्यान्सर पीडित तामाङकाे उपचारका लागि सहयाेगकाे पहल गर्ने प्रचण्डकाे आश्वासन
  • दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
  • एनआरटीद्धारा संकटा पराजित
  • म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
  • काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
  •  २७ जना कोरोना संक्रमित थपिए
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
तराईमा तातो हावा चल्न थाल्याे , 'लु'बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
तराईमा तातो हावा चल्न थाल्याे , 'लु'बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
होम तथा यज्ञको धार्मिक र वैज्ञानिक महत्व
होम तथा यज्ञको धार्मिक र वैज्ञानिक महत्व
स्वास्थ्य संस्थाको निर्माण सुस्त गतिमा
स्वास्थ्य संस्थाको निर्माण सुस्त गतिमा
नर्सिङ संघकाे चुनाव आज
नर्सिङ संघकाे चुनाव आज
ज्योतिले दिएको खुसी...
ज्योतिले दिएको खुसी...
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
  • ताजा समाचार
  • ट्रेण्डिङ
क्यान्सर पीडित तामाङकाे  उपचारका लागि सहयाेगकाे पहल गर्ने  प्रचण्डकाे आश्वासन
क्यान्सर पीडित तामाङकाे उपचारका लागि सहयाेगकाे पहल गर्ने प्रचण्डकाे आश्वासन
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
एनआरटीद्धारा संकटा पराजित
एनआरटीद्धारा संकटा पराजित
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
 २७ जना कोरोना संक्रमित थपिए
 २७ जना कोरोना संक्रमित थपिए
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत 1
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश 2
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश 3
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन 4
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन
पाण्डे पुर्पक्षका कारागार चलान 5
पाण्डे पुर्पक्षका कारागार चलान
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP