कुवेतमा रहेर काम गर्ने सम्पूर्ण नेपाली कामदारहरुले आफ्नो कुवेतको भीसा नविकरण गर्नु पूर्व फिङ्गर प्रिन्ट गर्नै पर्ने भएको छ।
कुवेतको गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै भनेको छ"कुवेतमा रहेका हरेक क्षेत्रमा काम गर्ने सबै बंगलादेशी र नेपाली आप्रबासी कामदारहरुले आफ्नो कुवेतको भीसा नविकरण गर्नु पहिले फिङ्गरप्रिन्ट(फिङ्गर स्क्यानिङ/ औलाको छाप) गर्नै पर्ने छ, अन्यथा उनीहरुलाई भीसा नबवकरणको अनुमती दिईने छैन।"
गल्फ डिजिटल न्यूजमा नोभेम्बर १४,२०१८ बुधवारका दिन प्रकाशित समाचारमा भनिएको छ"कुवेतको गृह मन्त्रालयबाट प्रकाशित बिज्ञप्तीका अनुसार मन्त्रालयको भीसा नविकरणका लागि फिङ्गरप्रिन्टको नयाँ नियम कुवेतमा रहेका सबै बंगलादेशी तथा नेपाली कामदारहरूलाई जारी गरिएका सबै प्रकारका अनुमति(भीसा)हरूमा लागू हुनेछ।
समाचारका अनुसार कुवेतको अपराध अनुसन्धान शाखा प्रमुखको आग्रहमा गृहमन्त्रालयले यो नयाँ नियम शुरु गरेको हो भने यसरी फिङ्गरप्रिन्ट गर्नाले जस्तो सुकै अपराध गरेको भए पनि अपराधीलाई फिङ्गरप्रिन्ट(औलाको छाप)को आधारमा पक्राउ गर्न सकिने छ र कोही पनि अपराधी उम्कन पाउने छैनन।" यसैबीच नेपाली दुताबास कुवेतले कुवेतमा रहेका सम्पूर्ण नेपाली कामदारहरुलाई आफ्नो भीसा नविकरण पहिले फिङ्गर प्रिन्ट गर्नै पर्ने बारे कुनै अधिकारिक परिपत्र वा जानकारी नआएको बताएको छ।
दूतावसका अनुसार"नोभेम्बर-०२-२०१८का दिनबाट भीसा नविकरणका लागि प्रकृया शुरु गर्ने सबै क्षेत्रका नेपाली कामदारहरुका लागि फिङ्गरप्रिन्ट गर्नै पर्ने बारे दुताबासमा गुनासो र सोधपुछका लागि धेरै नेपालीहरुले फोन गर्ने गरेका छन।" पछिल्लो समय कुवेतमा कार्यरत नेपाली कामदारहरु बिभिन्न लागू-औषध ओसार-प्रसार,बिक्री-बितरण,प्रयोगमा,घरेलु तथा आयातित मदिरा उत्पादन, बिक्री तथा सेबनमा,झै-झगडा देखी ज्यान मार्ने सम्मका घट्नाहरुमा,यौन ब्यबसाय गर्ने-गराउने सम्मका घट्नाहरु,समयमा काममा नजाने, जुवा-तास खेल्ने,अरुलाई बिभिन्न बहानामा ठग्ने लगाएत र कुवेतमा गर्नु नहुने कामहरु गरेको अभियोगमा पक्राउ पर्दै आएका छन।
यसले नेपालको राष्ट्रियता र कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको इमान्दारितामा समेत आँच आउने निश्चित छ भने राम्रो काम गर्ने, मेहनती र इमान्दार नेपाली कामदारहरुको पहिचान समेत गुम्ने स्थितीमा पुगेको छ।