भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक गएका छन्। उनी साङ्घाई सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन गएकाे भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारतीय प्रधानमन्त्री मोदीले गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्री पदकाे सपथ लिएका थिए।
माेदीले एससिओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लागेका छन्। गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी गएका थिए।
भारतीय जनता पार्टीको नेतृत्व गर्दै गत आमनिर्वाचनमा पुनः सफल भएका प्रधानमन्त्री मोदीका कारण विश्वव्यापी रुपमा भारतको उपस्थिति बलियो देखाउने अवसर प्राप्त हुने विदेश मन्त्रालयले जनाएको छ।
एससिओको शिखर सम्मेलनका अतिरिक्त प्रधानमन्त्री मोदीले केही देशका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय हितका विषयमा छलफल गर्ने छन्।
सम्मलेन आज र भाेलि चल्ने छ। विस्केकमा दाैरान पाकिस्तानी प्रधानमन्त्री इमरान खानले माेदीसँग भेटवार्ता गर्ने इच्छा व्यक्त गरेका थिए । तर भारतले भने पाकिस्तानले आतंकवादलाई प्रशय दिइरहेकाले तत्काल कुनै वार्ताकाे सम्भावना नभएकाे जवाफ दिएकाे छ।
याे पनि
भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानको हवाई रुट प्रयोग नगर्ने!
पाकिस्तानी प्रधानमन्त्री इमरानले लेखे मोदीलाई पत्र