चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।सांघाइमा बस्दै आएका उनकाे बिहीबार मध्यराति १२: १० बजे निधन भएको बिबिसीले जनाएकाे छ।
उनी दुई पटक प्रधानमन्त्री भएका थिए । ली खछ्याङ राष्ट्रपति सी चिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरीयताका नेता थिए ।आर्थिक मामिलामा विशेष दख्खल भएका उनी १९९८ मा चीनकै सबैभन्दा कान्छो गभर्नर समेत बनेका थिए।