चीनले रुसलाई हतियार र सैन्य सहयोग दिने विचार गरिरहेको अमेरिकाले दाबी गरेकाे छ । तर, बेइजिङले बारम्बार यो आरोप अस्वीकार गर्दै आएको छ । अर्कोतर्फ अमेरिकाले चीनलाई त्यसो गरेमा प्रत्यक्ष प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
रुस–युक्रेन युद्धको एक वर्षपछि चीनले १२ बुँदे शान्ति प्रस्ताव जारी गरेको थियो । जर्मनीको म्युनिखमा भएको सुरक्षा सम्मेलनमा प्रस्तुत गरिएको हो । ‘युक्रेन संकटको राजनीतिक समाधानमा चीनको अडान’ शीर्षकको शान्ति प्रस्तावमा १२ बुँदाहरू छन्। सबैभन्दा महत्त्वपूर्ण बिन्दुको रूपमा, यो युद्धविराम, शान्ति वार्ता र रूस विरुद्ध प्रतिबन्ध समाप्त गर्न भनिएको छ।
प्रस्तावमार्फत चीनले रुसमाथि प्रतिबन्ध लगाएका देशहरूलाई एकतर्फी प्रतिबन्धको दुरुपयोग नगर्न र रुस-युक्रेन संकटलाई कम गर्न आफ्नो भूमिका खेल्न आग्रह गरेको छ। रुस वा युक्रेनको नाम नलिई सबै देशको सार्वभौमसत्ता कायम गर्नुपर्ने बताए ।
युद्धविराम, शान्ति वार्ता, युद्ध बन्दीहरूको सुरक्षा र नागरिकहरूमाथि आक्रमण रोक्न, साथै आणविक उर्जा प्लान्टहरूको सुरक्षा र अन्न निर्यातलाई सहज बनाउन आह्वान गरेको थियो।