पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र लेखेका छन्।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तानी प्रधानमन्त्री इमरान कश्मिर मुद्दाका सबै विवाद टुंग्याउन चाहेको र त्यसकालागि भारतीय प्रधानमन्त्री मोदीसँग वार्ता गर्न चाहेको बताइएको छ। साथै दोस्रो कार्यकाल शुरु गरेका प्रधानमन्त्री मोदीलाई इमरानले बधाई सन्देश पनि पठाएको बुझिएको छ। तर पत्रकाे विषयमा भारतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन्। यसअघि भने भारतले आतंकवादलाई पाकिस्तानले बढवा दिएको भन्दै वार्ता सम्भव नभएको जनाएको थियो।
भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री खानबीच शांघाई कर्पोरेशन अर्गनाइजेशन (एससीऔ) समिटका बेला छलफल हुन सक्ने आंकलन गरिएको छ। १४–१४ जुनमा किर्गिस्तानमा यो समिट हुँदैछ। पाकिस्तानले एशियामा शान्ति, सद्भाव र गरीबीविरुद्ध लड्न पनि भारत पाकिस्तान एक हुनुु पर्नेमा जोड दिँदै आएका छन्।
बार्ता सम्भव छैन : भारतीय विदेश मन्त्रालय
एससीओ समिटका बेला मोदी र इमरानकाबीचमा वार्ताको कुनै पनि कार्यक्रम तय नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
पाकिस्तान विदेश सचिव भारत भ्रमणमा
पाकिस्तानका विदेश सचिव सोहेल महमूद बुधबार नयाँ दिल्ली आएका थिए। ईदका अवसरमा उनले जामे मस्जिदमा नमाज समेत पढेका थिए। उनको भारत आगमनपछि एससीओ समिटिमा मोदी र इमरानकाबीचमा छलफल हुने अनुमान शुरु भएको थियो। तर यस विषयमा भारतीय विदेश मन्त्रालय वार्ताको कार्यक्रम तय नभएको जनाएको छ।
आतंकबाद र वार्ता सँगै हुँदैन : भारत
२०१६ को जनवरीमा पठानकोट एयरबेसमा भएको आक्रमण पछि पाकिस्तानसँग सम्बन्ध चिसो भएको हो। त्यसपछि दुई देशकाबीचमा वार्ता भएको छैन्। साथै २०१९ को फेब्रुअरीमा पुलवा आक्रमण र भारतको एयर स्ट्राइक पछि तनाव झन बढ्दै गएको छ। जसले गर्दा भारतले पाकिस्तानले आतंकवादलाई प्रशय दिइरहेको भन्दै आतंकवादलाई प्रशय दिन बन्द गरेपछि मात्रै वार्ताको विषयमा सोँच्न सकिने बताउँदै आएको छ।