भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको हवाई रुट प्रयोग नगर्ने भएका छन् ।
कीर्गिस्तानको राजधानी विश्केकमा विहीबार र शुक्रबार हुने शंघाई सहयोग संगठन एससीओ सम्मेलनमा भाग लिन जाँदा उनले पाकिस्तानी हवाई रुट प्रयोग गर्ने बताइएको थियो । त्यसकालागि भारत सरकारले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पत्र लेखि रुट अनुमति पनि मागिएको थियो । जवाफमा पाकिस्तानले भारतीय प्रधानमन्त्रीलाई आफ्नो रुट प्रयोग गरेर कीर्गिस्तान जान अनुमति दिएको थियो ।
तर भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदी ओमान, ईरान तथा मध्य एशियाली देशको वाटो भएर कीर्गिस्तानको राजधानी विश्केक पुग्ने छन् ।
विदेश मन्त्रालयका प्रबक्ता रवीश कुमारका अनुसार विश्केक जानका लागि भारतसँग दुई वटा विकल्प रहेका थिए । पहिलो विकल्प पाकिस्तानी हवाई रुट प्रयोग गरेर ४ घण्टामै पुग्ने र अर्को विकल्प भनेको लामो रुट तय गर्ने ।
प्रधानमन्त्री मोदीले पाकिस्तानको रुटको साटो लामो रुटनै तय गरेका छन् । यसले गर्दा पनि प्रधानमन्त्री मोदीले पाकिस्तानलाई कसरी हेर्छन् भन्ने प्रष्ट भएको छ ।
याे पनि
मोदीलाई आफ्नो हवाई रुट दिन पाकिस्तान तयार