सत्यको खोजीमा हिड्या छन् र को ?
न सत्यको पर्वाह छ कसैलाई,
मरेर के लानु छ र ? भन्ने त धेरै भए
तर तिनीहरुको प्रकृति
गिद्ध जस्तै छन्,
आफै भित्रको साँघुरो बिचारलाई
फराकिलो बनाइ
हिड्न खोज्दै छु,
वातावरण नै जटिल छ
के गर्नु ?
प्रवचन र अर्ति दिनेहरुकै
आचरण शंस्कापद छ,
योग्यताको कदर भन्दा
चाकरी प्रभावकारी भएको छ,
एकातिर
आध्यात्म र भौतिकताको दुरी
फराकिलो हुँदै गएको छ भने
अर्कोतिर
सामुहिक विकास भन्दा
व्यक्तिगत स्वार्थले
सिमा पार गरेको छ,
न सत्य बोल्ने साहस छ कसैको
न सत्य सुन्ने साहस नै,
न्याय पनि
किनबेचको साधन भै सक्यो,
सत्यको स्वीकार गर्ने कसले ?
चमत्कारको आशा गरि बसेर
के हुने हो र ?
मन्दिर धाएर ईश्वर बिउझिन्छन् र ?
यो राम र कृष्णको युग होइन
रावण र कंसको युग हो,
शासकहरु राक्षसी ठाटमा छन्
र मदिरा पान गर्दै छन,
साधारण जनता
फसेका छन चक्र्ब्यूहमा
गुन्द्रुकको झोलका लागि पनि
तर्सिरहेछन्,
उम्किने कुन्नि कहिले हो ?
यहि हो आजको सत्य!
आजको यथार्थ!