जिल्ला प्रहरी कार्यालय रामेछापको बा १ झ ७४४७ नंम्बरको गाडीले देवकोटा चोक स्थित सडकमा सुतिरहेका कुकुरलाई किचेर मारेपछि स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन् ।
स्थानीयबासीहरुको आक्रोस बढ्दै गएपछि प्रहरी निरिक्षक रबि भुषण यादब घटनास्थल पुगेका थिए । उनले घटनाले आफुलाई पनि दुखित वनाएको भन्दै गाडी चालकलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । स्थानियवासीले घटनाको वारेमा जिल्ला प्रहरी कार्यालयमा समेत जानकारी गराए ।