रामेछाप नगरपालिका वडा नं ६ डान्सिङटारको एक घरमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ११ महिनाका नाबालक दिपेन्द्र मगरको रहेका छन् । सोमबार विहान बच्चा घरमा सुतिरहेको अबस्थामा घरमा आगलागी हुँदा बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रबक्ता शेख अदालतले जानकारी दिए ।
बच्चालाई घरमा सुताएर बाबु-आमा बाहिर गएको बेला घरमा एक्कासी आगो लाग्दा बालकको जलेर मृत्यु भएको रामेछाप नगरपालिका ७ का वडाध्यक्ष समिर कार्कीले जानकारी बताए । घरमा कसरी आगो लाग्यो भन्ने बारेमा पत्ता नलागेको र प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक अमरेन्द्र बहादुर सिंहले जानकारी दिए ।