अण्डा उत्पादक संघ रामेछापका ब्यवसायीहरुले क्वारेन्टाइन कागजकिर्ते गरी बिक्रिगर्दै गरेको कुखुराको अण्डा सहितको गाडी प्रहरीलाई बुझाएका छन् ।
बुधबार उक्त अबैध तरिकाले ल्याइएको अण्डा बिक्रिगर्दै गरेको अबस्थामा ज १ च १०७५नं को गाडी मन्थली बसपार्कबाट पक्राउ गरी आबश्यक कार्बाहिको लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा बुझाइएको अण्डा उत्पादक सुनिल राय ले जानकारी दिए ।
अनुमतिपत्र जिल्ला पशु सेवा कार्यालय मकवानपुर ले २०७५ पुष २९ गते जारी गरेको भएपनि र उक्तपत्रको मिति सच्याएर माघ २९ गते बनाएको भेटिएकाे थियाे । प्राप्त सुराकीका आधारमा बसपार्कमा पुगेका उत्पादक संघका अन्य सदस्यहरु सहितको टोलिले सबै जसो अण्डा बिक्रि गरी १० बाक्सा अण्डा र गाडिमा प्रयोग गरिएको नक्कलीकिर्ते कागज सहित प्रहरीमा बुझाएका ।
यस अघि पनि बिषेश गरी भारतका बिभिन्न ठाउ तथा तराइ बाट समेत अबैध रुपमाआउने गरेका गुणस्तर हिन अण्डाहरुको बिक्रिले बजार भाउमा समेत गिरावट आएपछि त्यसको प्रत्यक्ष असर अण्डा उत्पादकहरुलाई पर्दै आइरहेको थियो ।
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा समेत संस्थागत रुपमा डेलिगेसन गई समस्या समाधानका लागि संघले औपचारीक रुपमा समेत पहल गरिसकेको थियो । तर पटक पटकको पहल सफल हुन नसकेपछि ब्यवसायीहरुले गत दशै यता अत्यन्त न्यून मूल्यमा अण्डा बिक्रीगर्न बाध्यहुनुपरेको र यसबाट आफूहरुको मनोबलमानै गिरावट आएको अर्का अण्डा उत्पादक प्रकाश बि क ले बताए।