रामेछापको मन्थली नगरपालिका–१ मा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन्।
ओखलढुंगाको घोराखोरीबाट काठमाडौंको लागि छुटेको बा ४ ख ४२१० नम्बरको बस आइतबार दिउँसो मन्थली–१ मच्छेडाडीमा दुर्घटनामा हुँदा ओखलढुंगा चम्पादेवी–६ का २५ वर्षीय ओम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मन्थली–५ सुनारपानीका निरज भुजेल, सुनारपानी–५ का १८ वर्षीय अजय भुजेल, सुनारपानीकै १७ वर्र्षीय गौतम भुजेल, २१ वर्षीया युनिषा भुजेल, सुनारपानीका ४८ वर्षीय नारायण कार्की, भक्तवहादुर भुजेल, रामेछापकै ८ वर्षीय सरोज कार्की, मन्थली–६ की ४६ वर्षीया गंगा खत्री लगायत दुई दर्जन यात्रु घाइते भएका छन्।
घाइतेहरुको तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ। केही गम्भीर घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाइएको
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिए। ब्रेक फेल भएर बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।